मञ्च सुनसरीको नेतृत्वमा जबेगू - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

मञ्च सुनसरीको नेतृत्वमा जबेगू

साइनो समचारदाता

धरान । लिम्बु विद्यार्थी मञ्च सुनसरीको पाचौं जिल्ला अधिबेशनले हेम जबेगुको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्ष हरि इवाहाङ सचिब सुस्मा तेयुङ सहसचिव डम्बर इवाहाङ सदस्य आशा तुम्रोक, बिनिता कुरुम्बाङ, डम्बर चेम्जोङ, आस्मा तुम्बापो, आस्म जबेगु, सपना साँवा, सरोज आङ्बुङ, मधु मादेन, प्रतापसिँ लिम्बू, अमृत आङ्ला, प्रदिप दाबेन, कौशिला चेम्जोङ चयन गरिएको छ । दुई वर्ष कार्यकालका लागि नयाँ कार्य समिति चयन गर्न ताजुप लिम्बुको संयोजकत्वमा निर्वाचन मन्डल गठन गरिएको थियो । अधिबेशन अघि मञ्चले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । मञ्चका सचिब योबाहाङ तुम्बाङ्फेले प्रशिक्षणको सहजीकरण गरेका थिए ।

सम्बन्धित खवर