शिक्षामन्त्रीले भेट्न नदिएको भन्दै विद्यार्थीको गुनासो - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

शिक्षामन्त्रीले भेट्न नदिएको भन्दै विद्यार्थीको गुनासो

साइनो समचारदाता

उर्लाबारी । राजनीतिक हस्तक्षेप नगर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीले शिक्षामन्त्रीले समय नदिएको गुनासो गरेका छन् ।

सत्तारूढ दल समाजवादी पार्टी नेपालको भातृ विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले शिक्षामन्त्रीले समय नदिएको बताएको हो । त्रिभुवन विश्वविद्यालयलगायत सात वटा विश्वविद्यालयमा उपकुलपति खाली छ। विद्यार्थी संगठनहरूले राजनीतिक भागबन्डा गरिए आन्दोलन गर्ने बताउँदै आएका छन्।
गत भदौ ५ गते नै उपकुलपतिहरूको चार वर्षे कार्यकाल सकिए पनि उपचारका लागि कुलपतिसमेत रहेका प्रधानमन्त्री सिंगापुर रहेकोले उपकुलपति नियुक्तिमा ढिलाइ भएको छ। सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री पोखरेलको संयोजकत्वमा उपकुलपति खोज्न सर्च कमिटी पनि बनाइएको छ । विश्वविद्यालयमा रिक्त पदाधिकारी नियुक्तिको विषयलाई लिएर शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गराउन समय माग गरेको पाँच दिन हुँदा समेत समय नदिएको युनियनका उपाध्यक्ष विशाल आङदेम्बेले बताए । युनियनले दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्ति गरे आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । खुला प्रतिस्पर्धाबाट योग्य प्राज्ञिक व्यक्तिलाई उपकुलपति बनाउनुपर्ने युनियनको माग रहेको छ ।

सम्बन्धित खवर