मञ्चको नबौं जिल्ला अधिबेशन - Sainokhabar
  • शनिबार, जेठ ०१, २०७८

मञ्चको नबौं जिल्ला अधिबेशन

साइनो समचारदाता

ताप्लेजुङ । लिम्बू बिद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष जलन आङ्बुहाङले मातृ भाषाको प्रवद्र्धन र संघीय लोकतान्त्रिक गणतन्त्रभित्र स्वायत्त लिम्बूवानको पक्षमा बिद्यार्थी संगठनले जनमत सृजना गर्नुपर्ने बताएका छन् ।

लिम्बू बिद्यार्थी मञ्च ताप्लेजुङको नवौं जिल्ला अधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् । अधिबेशनले सरोज मादेन अध्यक्ष रहेको १७ सदस्यीय जिल्ला शाखा समिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यद्वयमा कृष्ण फुरुम्बो (लिम्बू) र उमा चोङ्बाङ, सचिवमा बिशाल थलङ, सहसचिवमा नवीन साउदेन र कोषाध्यक्षमा नवीन ताप्मादेन रहेका छन् ।

उपाध्यक्ष जलन आङ्बुहाङ

अधिबेशनको उद्घाटन सत्रका बिशिष्ट अथिति किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् ताप्लेजुङका अध्यक्ष भद्रकुमार बोखिम, किराँत याक्थुङ चुम्लुङका ठाकुरसिंह लिम्बू, पत्रकार महासंघ ताप्लेजुङ शाखाका कावा अध्यक्ष चन्द्र पन्दाक ‘प्रयास’, लिम्बू पत्रकार संघकी सचिव माला पालुङ्वा, उज्यालो पोष्ट दैनिकका प्रधानसम्पादक खगेन्द्र अधिकारी लगायतका अथितिले शुभकामना दिएका थिए ।

सरोज मादेन

सम्बन्धित खवर