गाई हत्या प्रकरण चौतर्फी बहसको बिषय बन्दै गएको छ । - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

गाई हत्या प्रकरण चौतर्फी बहसको बिषय बन्दै गएको छ ।

साइनो समचारदाता नेपालगन्ज/ दैलेखको शिरिशथान लिएर छोड्ने योजनाका साथ ८ वटा ट्रकमा नेपालगन्जको काञ्जीहाउसबाट २ सय ९१ गाईगोरु बुधबार राती उठाईयो । बुधबार राती नै सुर्खेतको कटकुवा जंगलमा २८ वटा गाई मरेका र केही घाईते अवस्थामा भेटिए पछि सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा यो बिषयले राष्ट्रिय मुद्दाको रुप लियो । यही बिषयलाई लिएर नेपालगन्जमा बहसको बिषय बन्दै गएको छ । गाईलाई गौमाता मान्ने र गाई नेपालको राष्ट्रिय जनावर हो भनेर जताततै बहस मात्र होईन घट्नाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषिलाई हदै सम्मको कार्वाही हुनुपर्छ भनेर चर्को बहस चलिरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाले काञ्जी हाउसबाट बिभिन्न समयमा सार्वजनिक सरोकारका बिषयसंग महत्व राख्ने पशुचौपायालाई ब्यबस्थापन गर्नका लागी सर्बदलिय सर्बपक्षिय बैठकबाट निःशुल्क दिने निर्णय भए अनुसार बिभिन्न पत्रपत्रिका मार्फत सूचना जारी गरिएको आधारमा दैलेखको शिरिशथानबाट माग भई आएको नेपालगन्ज उपमहानगरपालिका वडा नं २ अध्यक्ष एबं कार्यबाहक नगर प्रमुख सुनिल सिंह हमालले बताए । उनले माग अनुसार दैलेख पठाउने क्रममा बाटोमा दःुखद् घट्ना भयो यसका लागी नेपालगन्ज उपमहानगरपालिका गम्भिर रहेको बताउदै छिट्टै नै छानबिन समिति गठन गरेर तथ्य सत्य बाहिर ल्याउने बताए ।


घट्नाको बारेमा आफूलाई कुनै जानकारी नभएको काञ्जीहाउस ब्यबस्थापन समितिका उपाध्यक्ष डा. बिनोद कर्णले बताए । उनले यति ठूलो घट्ना घट्दा सम्म ब्यबस्थापन समितिले कुनै जानकारी नदिनु गम्भिर बिषय भएको र सत्य तथ्य छानबिन गर्नका लागी सजिलो होस भन्नका लागी नैतिकताका आधारमा राजिनामा दिएको बताए ।
बाईटः डा. बिनोद कर्ण, उपाध्यक्ष, काञ्जीहाउस ब्यबस्थापन समिति, बाँके ।
आफूहरु गाई बचाउ अभियान असार २५ देखि शुरु गरेको र काञ्जीहाउसमा रहेका गा्रईका लागी पहल गरेको नेपालगन्ज आर्य समाजका कोषाध्यक्ष श्याम शाक्यले बताए । उनले विश्वमै गाईलाई राष्ट्रिय जनावरका रुपमा मान्यता दिएको देश नेपाल हो र हिन्दु धर्म अनुसार बेदमा समेत गाईलाई गौमाता मान्दै आएकाले जुन यो घट्ना घट्यो यसको मूख्य दोषि पत्तालगाई कार्वाही हुनुपर्छ र दोषिलाई बचाउन नहुनेमा जोड दिए ।
बाईटः श्याम शाक्य, कोषाध्यक्ष, नेपालगन्ज आर्य समाज बाँके ।
गाईलाई काञ्जीहाउसबाट रातारात मनपरि ढंगले दैलेखको शिरिशथान लिने भनेर लिईएका गाई भिरबाट फालिनु हाम्रो गाई प्रतिको आस्थामा गम्भिर चोट पुगेको सामाजिक अभियन्ता हेमन्तराज काफ्ले बताउछन् । उनले यो घट्नाको दोषिलाई कार्वाही हुनुपर्ने धारणा राखे । यो घट्ना समबेदनशिल भएकाले बिरोध गर्न पाउनु पर्छ तर यस बिषयलाई लिएर सामाजिक सद्भाव भड्किन नहुने र गाईको मुद्दाका लागी सबै हिन्दु एक हुनुपर्ने बताए ।
बाईटः हेमन्तराज काफ्ल, सामाजिक अभियन्ता, नेपालगन्ज ।
यसै घट्नाका लागी नेपाल सरकारका शहरी बिकास मन्त्री मोहम्मद ईश्तियाक राईले चासो लिएकै कारण निष्पक्ष छानबिनका लागी यस अघि नै गृह मन्त्रालयमा पत्राचार गरिसकेका छन् । आजै गृह मन्त्रालयले पनि गौहत्या प्रकरणको छानबिन गर्न उपसचिब सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय कार्वाहीको सिफारिस गर्ने कार्यादेश सहितको छानबिन समिति गठन गरिसकेको छ । छानबिन समितिले १५ दिन भित्र प्रतिबेदन बुझाउने गगृह मन्त्रालयले जनाएको छ ।

साभार : एभि न्यूज खवर

सम्बन्धित खवर