गोपाल काफ्ले पथरी/ राणा, पञ्चायत, राजा र माओवादिको उपचार गर्ने काङग्रेसले नेकपाको पनि उपचार गर्न जानेको छ । जो राजा र राणा हुन खोज्छ त्यस्ता लाई नेपालमा स्थान कमै छ । केकपाको पनि कार्यसैली त्यस्तै हुदै छ काङग्रेसले सिसी क्यामाराले कैद गरे जस्तै नियाली रहेको छ । समय आए पछि त्यसको उपचार हुने भन्दै संसद तथा नेपाली काङग्रेस प्रदेश नं. १ का प्रमुख सचेतक केदार बहादुर कार्कीले बताएका छन ।
महामानव विपी कोइरालाको १०५ औ जन्मजयन्तीको अवसरमा नेपाली काङग्रेस पथरीशनिश्चरे नगरकमिटिले आयोजना गरेको वृक्षारोपणका साथै विचार गोष्ठि कार्यक्रममा संबोधन गर्दै कार्कीले उक्त कुरा बताएका हुन ।
विपिको योगदानकै कारण जनता सामु विपिको नाम लिएर कम्युनिश्टले भोट माग्दा सहजै जिताएको कुरा वताउदै कार्कीले भने ‘हामिले वि.पिको वाटो भुल्दै गएका कारण हामिलाई जनताले नपत्याएका हुन अव हामिले कम्युनिश्ट सरकारको कालो कर्तुत जनतासमक्ष ल्याएर खुलाउनुपर्ने वेला भएको छ । चुनाव अघि मोदीलाई गाली गर्ने अनि चुनाव जितेपछि मोदीको इशारामा चल्ने ओलीले बिदेशी एनजिओको इसारामा होलि वाईन मनाउदै नेपालीको धर्म र पहिचान बेचेको बताएका छन ।
कार्यक्रममका प्रमुख अतिथी संसद केदार बहादुर कार्की, क्षेत्रिय सभापती गणेश खड्का, नगर सभापती टेक बहादुर थापा, काङग्रेसबाट निवाचित वडाध्यक्ष जयबहादुर तामाङ, बाबुराम दाहाल, जोग बहादुर धिमाल तथा काङग्रेसमा आस्ता राख्ने पाटिका शुभचिन्तक सदस्यहरुले शान्ति सामुदायिक वनमा वृक्ष रोपेर गरेर सुरु गरिएको सो कार्यक्रममा बि पिले नेपाली जनताको लागि खेलेको भुमिका र नेपालको राजनैतिकि सुधारमा बारे स्मरण गनु भएको थियो ।