आर्थिक अभाव र विपन्नका रोगीको देवदुत सावित हुदै कांग्रेसी नेता डा. शर्मा - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

आर्थिक अभाव र विपन्नका रोगीको देवदुत सावित हुदै कांग्रेसी नेता डा. शर्मा

 साइनो समचारदाता पथरी/ नोवेल अस्पताल विराटनगरले मोरङका विभिन्न स्थानमा आर्थिक रुपले कमजोर भएर स्वास्थ्य उपचार वाट वञ्चित वनेका स्थानियलाई घरघर बाटै उठाएर अस्पताल पुर्याउने गरेको छ ।

समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका नेपाली कांग्रेसी नेता तथा नोवेल अस्पतालका सञ्चालक डा.शर्माले पुर्वका विभिन्न स्थानबाट हजारौं गरिब तथा बिपन्न बिरामीलाई उद्धार गरी निःशुल्क उपचार गराउदै आएको छन । गरीबीका कारण पैसाको अभावमा थलिएर बसेकी मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० की तारादेवि विश्कर्मालाई घरमै आएर शुक्रवार उपचारका लागि अस्पतालले लिएर गएको छ । शारिरिक रुपमा अशक्त विश्कर्मा विगत १५ दिन अगाडी देखि खुट्टाको चोटका कारण थलिएकी थिइन् । आर्थिक रुपमा विपन्न विश्कर्मा थलिएको थाहा पाएपछि नोवेल अस्पताल सग समपर्क गरेर उपचारका लागि अस्पताल पठाएको वडा नम्वर १० का वडा अध्यक्ष सागर राईले वताए । आफ्नो वडाको आर्थिक तथा विपन्न कुनै पनि विरामी नोवेल अस्पताल उपचारका लागि जना चहेमा आफ्नो तर्फवाट एम्वुलेन्स ईन्धन निशुल्क उपलव्ध गराउने राईले प्रतिवद्धता जाहेर गरेका छन् । कुनैपनि बिरामीले आर्थिक अभावकै कारण अकालमै मृत्युवरण गर्न नपरोस भनेर विपन्न परिवारको अस्पतालले निशुल्क उपचार गर्दै आएको डा.सुनिल शर्माको भनाई छ । सामान्यतया उपचारका लागि अस्पताल वा स्वास्थ्य संस्था पुग्नुपर्छ । कतिपय अवस्थामा स्वास्थ्य शिविरबाट पनि उपचार पाईन्छ । अहिले डा. शर्माका कारण मोरङका बिभिन्न स्थानका सर्वसाधरणले घर–घरमै निःशुल्क उपचार पाउँन थाले पछि विपन्न र आर्थिक अभावका कारण उपचार नपाएका रोगीका लागि डा शर्मा देवदुत नै सावित भएको स्थानिय दिलकुमार घतानीले सुनाए । डा. शर्मा हाल नेपाल वाहिर रहेपनि उनले दिएको सेवा भने निरञ्चर रुपमा सचालन भईरहेको छ । साथै, नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले ‘घर–घरमा डाक्टर, घर–घरमा नर्स’ अभियान सञ्चालन गरी घरमै डाक्टर पुगेर निःशुल्क उपचार गर्ने व्यवस्था समेत मिलाएका छन् । छ महिना अघिबाट सुरु भएको यो अभियानबाट मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे, कानेपोखरी लगायत स्थानका करिव १० हजार बिरामीले घरमै निःशुल्क उपचार पाएका छन् । गरीबीका कारण पैसाको अभावमा कुनैपनि बिरामीले अकालमै मृत्युवरण गर्न नपरोस भनेर ‘घर–घरमा डाक्टर, घर–घरमा नर्स’ अभियान सञ्चालन गरिएको डा.सुनिल शर्माको भनाई छ । अभियान अन्र्तगत शनिबार बाहेक हरेक दिन एमबीबीएस डाक्टर र नर्शको टोली बिरामीको घर–घरमा पुग्छन् । उनीहरुले सामान्य अवस्थाका बिरामीलाई टोलमा भेला गरेर उपचार गर्छन् । गम्भीर बिरामीलाई घरैमा पुगेर उपचार गर्ने गरिएको छ । घरमा उपचार सम्भव नहुँदा आफ्नै एम्बुलेन्समा नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गर्ने गरिएको अभियानमा खटिएका डा.हिमलाल भण्डारीले जानकारी दिए । समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका डा.शर्माले यसअघि पनि हजारौं गरिब तथा बिपन्न बिरामीलाई उद्धार गरी निःशुल्क उपचार गराईसकेका छन् ।

सम्बन्धित खवर