विरोधपछि विक्री भएको करोड मूल्यको सहाराको सार्वजनिक जग्गा फिर्ता - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

विरोधपछि विक्री भएको करोड मूल्यको सहाराको सार्वजनिक जग्गा फिर्ता

साइनो समचारदाता

बेलबारी । सहारा बालग्राम बेलबारी २, मोरङको जग्गा व्यक्तिको नाममा बेचिएको घटनाप्रति चौतर्फी विरोधपछि अन्ततः सार्वजनिक जग्गा फिर्ता गर्न बाध्य भएका छन् । स्वतन्त्र युवा समूह, नेपाली कांग्रेस, समाजवादी पार्टी, नगर समितिलगायत स्थानीयहरुले जग्गा फिर्ताको लागि जनदबाद दिएको थियो ।

इटहरी सुनसरीका व्यवसायी डम्बरबहादुर तामाङले खरिद गरेको १ विघा ८ कठ्ठा जग्गा शुक्रबार फिर्ता गरेका हुन् । जग्गा विक्रीपछि विस्थापित भइने त्रासमा बसेका सहारामा वसोवास गर्ने २८ परिवारमा भने सुखी छाएको छ । जग्गा फिर्ता गर्न सहाराको तर्फबाट प्रतिनिधि बनेर भिमराज बस्नेत मालपोत कार्यालय बेलबारी पुगेका थिए । मालपोत कार्यालयबाट आधिकारिक रुपमा जग्गा फिर्ता भएको कार्यलयका प्रमुख कार्यालय प्रमुख योगेन्द्र दुलालले बताए । साहराको तर्फबाट भिमराज बस्नेतले तामाङबाट जग्गा फिर्ता गर्ने आवश्यक प्रकृया पु्याउन भुमिका निर्वाह गरेका थिए ।

सहाराका तर्फबाट १ करोड रुपैयाँको मुल्य कायम गरेर जग्गा किन्ने निर्णय पुस्तिका र प्रतिनिधि तोकिएको आधारमा प्रकृया अघि बढाइएको मालपोत कार्यालयले जनाएको छ । जग्गा फिर्ता प्रकृयाका लागि लाग्ने आवश्यक कर छुट गरी बेलबारी नगरपालिकाले पत्र समेत लेखिदिएको र नगरपालिकाको पत्रको आधारमा १ करोड मुल्यांकनको सो जग्गामा लाग्ने करमा ५० प्रतिशत छुट गरी २ लाख रुपैयाँ राजस्व समेत बुझाइएपछि जग्गा आधिकारिक रुपमा सहाराका नाममा आएको छ ।सहाराको नाममा रहेको जग्गा साविक हरैँचा ५ ख हाल बेलबारी २ का कित्तानम्बर १०७८ को ५ कट्ठा, कित्तानम्बर ७८५ को ७ कट्ठा, कित्तानम्बर १०८३ को ३ कट्ठा, कित्तानम्बर १०८१ को ४ कट्ठा, कित्तानम्बर १०९० को ५ कट्ठा, कित्ता नम्बर ८१९ को ४ कट्ठा ३ धुृर समेत गरी जम्मा १ विगाहा ८ कट्ठा ३ धुर जग्गा सहारा परिवार नेपालकै नाममा फिर्ता भएको हो । अब सहाराको जम्मा जग्गा १ विगाहा ९ कट्ठा कायम भएको कार्यालय प्रमुख योगेन्द्र दुलालले बताए ।

नेकपाका नेता एवम् पुर्वसांसद हर्कमान तामाङ, सहाराका वर्तमान अध्यक्ष तथा तात्कालिन गाविस अध्यक्ष शिवप्रसाद बराल लगायतकै मिलेमतोमा सहाराको जग्गा डम्बरबहादुर तामाङको नाममा गएको थियो । अनाथ वालवालिका संरक्षणको लागि विदेशी दाताहरुको सहयोगमा मोरङको बेलबारी २ मा तत्कालिन सांसद हर्कमान तामाङलाई २०५६ सालमा अमेरिकी नागरिक डयानी अनि, एलिसा हाम्फ्रिन, डा वाल्ट ज्यामी हार्वर अनि टेनिसीले “सहारा परिवार नेपाल, बेलबारी“ संस्थाका नाममा जमिन हस्तान्तरण गरेको हो । मोरङ जिल्ला प्रशासन कार्यालय दर्ता नम्वर ८७५ दर्ता भई अनाथ वालवालिकाहरुको हितमा काम गर्न संञ्चालित सो संस्थाले २ बिघा ५ कट्ठा ३ धुर जमिन खरिद गरि आवाश्यक भौतिक संरचनाहरु निर्माण गरेका थिए । मोरङ जिल्ला अदालत मार्फत २०७५ मंशिर ११ गते डम्वर बहादुर तामाङको नाममा गएको देखिएको छ ।

सम्बन्धित खवर