कांग्रेस केन्द्रीय समितिको बैठक आज सक्ने - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

कांग्रेस केन्द्रीय समितिको बैठक आज सक्ने

साइनो समचारदाता काठमाडौं/ नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज सक्ने तयारी छ । सह–महामन्त्री प्रकाशशरण महतले पेश गरेको राजनीतिक प्रस्तावमा शिर्ष नेताले धारणा राखेपछि केन्द्रीय समिति बैठक सक्ने कांग्रेसको तयारी छ । कांग्रेसको राजनीतिक प्रस्तावमा संवैधानिक निकायहरुमा अनावश्यक दबाव सृजना गरी स्वतन्त्र र निष्पक्ष काम गर्ने अवस्था अन्त्य भएको भन्दै त्यसलाई रोक्न सरकारलाई आग्रह गरिएको छ । कांग्रेसले असन्तुष्टका माग सम्बोधन गर्न संबिधान संसोधन गर्नुपर्ने धारणा पनि अघि सारेको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा पार्टीका शिर्ष नेताले धारणा राख्ने क्रम चलिरहेको नेताहरुले बताएका छन् । विभिन्न चौधवटा एजेण्डामा केन्द्रिय भएर नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक असार बाइस गतेदेखि जारी छ । बैठकले भ्रातृ एवं शुभेच्छुक संगठनका बिषयमा पनि आवश्यक निर्णय लिने बताइएको छ ।

सम्बन्धित खवर