आइडलको अडिसन सुरु - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

आइडलको अडिसन सुरु

साइनो समचारदाता

विराटचोक । सुन्दरहरैंचा सिङ्गिङ आइडल–२०७६ को अडिसन सुरु भएको छ । शुक्रवार सुन्दरहरैचा वाड नं. ८ स्थित जुपिटर बोर्डिङ स्कुल, गछियामा पहिलो चरणको अडिसन भएको हो ।

पहिलो दिनको अडिसनमा ८५ प्रतियोगीहरूको सहभागिता रहेको थियो । सहभागी प्रतियोगीहरू मध्ये पहिलो अडिसनबाट ५१ जना छनोट भएका छन् । प्रतियोगीहरूले लोक, आधुनिक, पप गीत गाएका थिए । अडिसनका निर्णयकहरु संगितकर्मी बिम बस्नेत, बिम रसाइली, यमुना पराजुली र गोकुल न्यैपाने रहेका छन । दोस्रो अडिसन १४ गते शनिवार सिद्धार्थ बोर्डिङ स्कुल, खोर्सानमा विहान ११ बजे देखी सुरु हुने सुन्दरहरैंचा सांस्कृतिक परिवारका अध्यक्ष आनन्द बस्नेतले जनाएका छन् । विजेतालाई रु.२५ हजार र उपविजेता लाई रु.१५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएका छन् ।

सम्बन्धित खवर