अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने

साइनो समचारदाता

काठमाडौ । सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी वनाउने निर्णय गरेको छ । एकतामा निकट अनेरास्ववियुवाट १८० जना र अनेरास्ववियू (क्रान्तिकारी) बाट १५५ जना रहनेछन् ।

यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम All Nepal National lndependent Students’ Union रहने पनि निर्णय भएको छ ।अंग्रेजी नामका विषयमा पछि महाधिवेशनमा पनि छलफल गर्न सकिने जनाइएको छ। आज विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल, संयोजक ऐन महर , सहसंयोजक रञ्जित तामाङ सहितको औपचारिक वैठकले विभिन्न तीन उपसमिति समेत बनाएको छ ।

राजनीतिक र सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति
संयोजक – ऐन महर
सदस्य – सुरेन्द्र बस्नेत
सदस्य – पञ्चा सिंह

विधान मस्यौदा उपसमिति
संयोजक – रञ्जित तामाङ
सदस्य (सुनिता वराल
सदस्य – समिक वडाल

आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमिति
संयोजक – उत्तम अधिकारी
सदस्य (आरसि लामिछाने
सदस्य (झपिन्द्र खत्री
सदस्य – केशव रावल

सम्बन्धित खवर