दिदीबहिनी सहकारीले १ करोड ७४ हजार निक्षेप संकलन, कविता अध्यक्षमा निर्वाचित - Sainokhabar
  • आइतबार, कार्तिक ०७, २०७८

दिदीबहिनी सहकारीले १ करोड ७४ हजार निक्षेप संकलन, कविता अध्यक्षमा निर्वाचित

साइनो समचारदाता

पथरी । ९ सय ६ जना शेयर सदस्य रहेको दिदीवहिनी वचत तथा ऋण सहकारी संस्थाले १ करोड ६७ लाख ७४ हजार ९ सय ४४ रुपैयाँ वचत निक्षेप संकलन गरेको छ ।

शुक्रबार संस्थाको १३ औं चुनावी वार्षिक साधारणसभामा दिदीबहिनी पथरी शनिश्चरेले सो निक्षेप संकलन गरेको बताइएको हो । संस्थाको ९७ लाख ४१ हजार ९ सय रुपैयाँ शेयर पूँजी रहेको छ । जसबाट आर्थिक वर्ष ०७५÷७६ मा ४७ लाख १८ हजार ६ सय ८४ रुपैयाँ कुल आय भएकोमा आय कर सहित खर्च कटाएर ८ लाख ५ हजार २ सय ६२ रुपैयाँ शुद्ध वचत भएको छ । संस्थाकी अध्यक्ष कविता पराजुलीले संस्थाको प्रतिवेदन प्रस्तुत गरिएको सो अवसरमा उत्कृष्ठ बाल, ज्येष्ठ, महिला शेयर सदस्य सहितलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख यमुना विष्ट वास्तोलाले महिलाहरु सक्षम बनेर नगरको नेतृत्व लिन तयार हुनुपर्ने बताइन् । शुक्रबार कार्यक्रमको प्रमुख अतिथि उपप्रमुख वास्तोलाले पथरी शनिश्चरे १ स्थित दिदीवहिनी वचत तथा ऋण सहकारी संस्थाको १३ औं चुनावी वार्षिक साधारण सभामा बोल्दै नगरका संघ संस्था हुँदै विभिन्न तहका सरकारी नेतृत्व गर्न समेत महिलाहरु तयार वन्नुपर्ने बताइन् । सहकारीको कार्यक्रममा, संस्थाकी सल्लाहकार सरिता गौतम राईले पनि मन्तव्य व्यक्त गरिन् । निर्वाचनमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष कविता पराजुली र निवर्तमान लेखा संयोजक निर्मला ( लक्ष्मी ) भट्टराई गिरीबीच चुनावी प्रतिष्पर्धा भएको छ । प्रतिस्पर्धाबाट कविता पराजुलीले ४ सय ३८ मत पाएर निर्वाचित भएकी थिइन् ।

सम्बन्धित खवर