भूमाफियालाई कारबाही गर्न युबाहरुको माग - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

भूमाफियालाई कारबाही गर्न युबाहरुको माग

साइनो समचारदाता

बेलबारी । मोरङका बेलबारी २ लालभित्ती स्थित सहारा बालग्रामको नाममा रहेको जग्गा विक्री गर्नेहरु माफियाहरुलाई कार्बाही गर्न युवाहरूले विहीबार दवाव र्यालीको आयोजना गरेका छन् ।

भूमाफिया होसियार, शक्तिको आडमा गैह्र कानुनी काम गर्न पाईदैन, संस्थाको जग्गा बेच्ने माफियालाई कार्बाही गर, व्यक्तिको नाममा गएको जग्गा तुरुन्त संस्थालाई फिर्ता गर लगायतको नारा लेखिएको प्ले कार्ड सहित र्याली आयोजना गरिएको थियो । उनीहरुले नारावाजी सहित बेलबारी बजार परिक्रमा गरेका थिए । विभिन्न समाजिक संस्था तथा राजनीतिक दलमा आवद्ध युवाहरु एक साथ दवाव र्यालीमा सहभागी भएका थिए । सिसौली चौकबाट सुरु भएको दवाव र्याली इलाका प्रहरी कार्यालयबाट बजार क्षेत्र प्रवेश गरि बेलबारी नगरपालिकामा पुगेर कोण सभा गरि टुंगिएको थियो । कोणसभालाई केदार धिमाल, राजेशजंग कार्की, सुजित बस्नेत, अशोक गुरुङले सम्बोधन गरेका थिए । साहारा बालग्राममा आश्रय लिएका परिवारलाई यथावत रुपमा बस्ने प्रबन्ध मिलाउन, बेचिएको जग्गा साहाराकै नाममा फिर्ता ल्याउन र दोषीलाई कार्बाही हुनुपर्ने उनीहरुले सम्बोधनको क्रममा बताएका थिए ।

साहाराको जग्गा बिक्री गर्ने कार्यमा संलग्न भनिएका पूर्ब संसद हर्कमान तामाङ, तत्कालिन बेलबारी गाबिसका पुर्व अध्यक्ष शिवप्रशाद बराल लगायतका केही ब्यक्तिले ईटहरीका डम्बर तामाङलाई जग्गा बिक्री गरेको खुलासा भएपछि जग्गा फिर्ता र संलग्न दोषीमाथी कडा कारवाहीका लागि चर्को दवाव बढेको छ । बालग्रामको नाममा रहेको १ बिघा ९ कठ्ठा जग्गामध्यये १ बिघा ८ कट्ठा ३ धुर जग्गा तामाङको नाममा गईसकेको छ ।

सम्बन्धित खवर