देवी, पब्लिक र शिक्षामा लिवि मञ्च गठन - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

देवी, पब्लिक र शिक्षामा लिवि मञ्च गठन

साइनो समचारदाता

पथरी । देबी माध्यमिक विद्याल विर्तामोड झापामा लिम्बु विद्यार्थी मञ्चको मावि शाखा समिति बुधबार गठन भएको छ । ११ सदस्य समितिको अध्यक्षमा सेवाङ्ग, उपाध्यक्षदयमा यादब योङयाङ्ग स्हेमा लिम्बू सचिबमा एलिशा बेघा, सहसचिबमा रोमन लावती, कोषाध्यक्षमा दिलिप थाम्सुहाङ छन् ।

धरान सुनसरीको पब्लिक हाइ स्कुल र शिक्षा निकेतनमा पनि मञ्च गठन भएको छ । पब्लिकको अध्यक्षमा बिनिता कुरुम्बाङ सचिवमा अरुणा केरुङलगायत छन् । शिक्षा निकेतको अध्यक्षमा मन्दिप तुम्बाहाङ्फे र सचिवमा सरोज लिम्बु छन् । मन्च सुनसरीका अध्यक्ष श्रीकुमार लिङ्खिम, महेन्द्र बहुमुखी क्याम्पस धरान स्ववियु सभापति तथा मन्च केन्द्रीय सदस्य सरगम सागर चेम्जोङ, मन्च सुनसरी सचिव दिल्ली लुम्फुङ्वालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर