रानामगर बचाउ अभियान जारी - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

रानामगर बचाउ अभियान जारी

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरेमा टीका देबी रानामगर बचाउ अभियान सञ्चालन भइरहेको छ ।

अभियानमा पथरी शनिश्चरे ७ का रोहित बास्तोलाले ५ हजार सहयोग गरेका छन् । पथरी शनिश्चरे १ बाट ६५ हजार, पथरी शनिश्चरे १० शनिश्चरे बजार र पथरी शनिश्चरो ७ सोमबारे बजारबाट ३१ हजार सहयोग संकलन भएको अभियानले जनाएको छ ।

मोरङको पथरी शनिश्चरे ३ निवासी ३७ वर्षीया टिका राना मगरलाई सहयोग गर्न पत्रकार सम्मेलन गर्दै नेपाल मगर संघ र नेपाल मगर युवा संघ नगर समितिले आग्रह गरेको थियो । १ वर्ष अघिदेखि दुबै मृगौला पीडित राना मगरको उपचारमा सहयोग गर्न टीकादेबी राना मगर वचाउ अभियानले आग्रह गरेको हो । सुमेरो अस्पतालमा उपचारत पीडत मगरको भयोध अस्पताल बल्खुमा डायलोसिस गरेरहेको बुहारी एलिसा राना मगरले बताएकी छिन् । भदौ १५ गते पीडितको मृगौला प्रत्योरोपण हुदैछ । भाइ जीवन राना मगरले मृगौला दिने भएको र सो को लागि ६ लाख थप रुपैया लाग्ने पीडितकी आमा रनमाया मगरले जनाइन् । उपचारमा पीडित बराइन बैदेशिक रोजगारमा कमाएको रकम र जग्गा जमिन समेत बेचेर उपचार गराइएकोले पीडितको उपचारमा थप सहयोग गर्न अभियान थाल्ने अभियानका संयोजक टंंक राना मगरले जानकारी गराएका छन् । अभियानले सहयोग गर्ने महानुभावहरुले पीडितको बुहारी एलिसा राना मगरको नाममा रहेको सिद्धार्थ बैकको खाता नम्बर ००७१५२०५५६६ मा सहयोग गर्न अनुरोध गरेको छ ।

सम्बन्धित खवर