प्रदेश सभा सचिबालयको बैठक स्थगित, प्रदेश २ को नामांकरण विषय लम्बियो - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

प्रदेश सभा सचिबालयको बैठक स्थगित, प्रदेश २ को नामांकरण विषय लम्बियो

साइनो समचारदाता

जनकपुर । शनिबार बस्ने भनिएको प्रदेशसभा सचिवालयले बैठक नबसी स्थगित भएको छ । जस्ले प्रदेश २ को नामांकरण र स्थायी राजधानी तोक्ने बिषय टाढिएको छ । अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका प्रवक्ता अवधकिशोर कुसवाहाले बताएका छन् ।

चार नाम प्रस्ताव

दलहरुले प्रदेशको नाम र स्थायी राजधानीबारे ४÷४ प्रस्ताप प्रदेशसभामा दर्ता गराइसकेका छन् । प्रदेश २ को नामांकरणका लागि चार नाम प्रस्ताव भएको छ । सत्तासिन समाजवादी (राजपाले संयुक्त रुपमा ‘मधेश’ नाम प्रस्ताव गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जानकी र नेपाली कांग्रेसले मिथिला(भोजपुरा) राख्नुपर्ने प्रस्ताव पेश गरेको छ । प्रतिपक्षी कांग्रेसका केही सांसदले प्रदेशको नाम ‘मध्य मधेश’ राख्नुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् ।

सम्बन्धित खवर