आज धरान, भोलि इटहरीमा शैक्षिक मेला आयोजना हुदै - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

आज धरान, भोलि इटहरीमा शैक्षिक मेला आयोजना हुदै

साइनो समचारदाता

धरान । इडेन एकेडेमीले सुनसरीको धरान र इटहरीमा शैक्षिक मेला आयोजना गर्ने भएको छ ।


‘इडेन एजुकेशन फेयर’ नाम दिइएको मेला भाद्र ८ गते धरानस्थित गोर्खा डिपार्टमेन्ट स्टोर र ९ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा मेला आयोजना गरिने हो । पत्रकार सम्मेलन गर्दै सबै तयारी पूरा भइसकेको एकेडेमीका अध्यक्ष मोहन तिगेलाले जानकारी दिए । उनले यसपटकको शैक्षिक मेलामा ५ देश अस्ट्रेलिया, न्युजील्याण्ड, क्यानाडा, अमेरिका र भारतका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु उपस्थित हुने बताए ।

मेलामा विद्यार्थीले उत्कृष्ट शैक्षिक कलेज, प्रणाली, विश्वविद्यालय र कलेजका बारेमा जानकारी हासिल गर्न सक्नेछन् भने, भिजा प्रक्रिया, लागत, भाषा प्रशिक्षणका विषयमा समेत विज्ञहरूबाट निःशुल्क परामर्श लिन पाउने व्यवस्था छ । ‘अहिलेसम्म पूर्वमा सेमिनारहरु मात्र भए, विद्यार्थीहरु काठमाडौंसम्म जाने बाध्यता थियो । त्यो बाध्यताको अन्त्य गर्न पनि इडेनले सहयोग गरिरहेको छ ।’ उनले भने । आयोजित पत्रकार सम्मेलनमा एकेडेमी धरानका सञ्चारकर्मीलाई सम्मान कार्यक्रम पनि आयोजना गरेको थियो ।

सम्बन्धित खवर