भ्रष्टचार नियन्त्रण होइन, निर्मल पार्नुपर्छः महासचिब सुर्यबंशी - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

भ्रष्टचार नियन्त्रण होइन, निर्मल पार्नुपर्छः महासचिब सुर्यबंशी

साइनो समचारदाता

धरान । राष्ट्रिय जनमुक्ति पार्टी का महासचिव केशव सुर्यबंशीले भ्रस्टाचार नियन्त्रण होइन निर्मुल पार्नु पर्ने कुरा बताएका छन । शुक्रबार राष्ट्रिय जनमुक्ति पार्टी धरान उपमहानगर सुनसरीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उलने सो कुरा बताएका  हुन् ।

बैदेशिक ऋणको भरमा चलेको बताउँदै उनले भ्रष्टाचारले गर्दा राज्य अतिनै नाजुक बन्दै गएको बताएका छन । देशमा गरिवीको संख्या वृद्धि हुनुको मुख्य पक्ष नै भ्रस्टाचार भएको बताउदै उनले युवा शक्तिलाई देशमा उपभोग गर्न नचाहाने शक्तिहरुको सरकारमा हालिमुहाली भएको कारण देशको स्थिति अतिनै कमजोर हुँदै गएको जनाए । भ्रस्टाचार निर्मुल पार्नको लागि छुट्टै बिशेश अधिकार सहितको स्वतन्त्रत नागरिक अदालतको स्थापना गर्न आवश्यक रहेको नेता चन्दबंशी औल्याए । नाम मात्रको संघीयता जारी गर्ने एकात्मक राज्य ब्यवस्थाका नाईकेहरुले स्थानीय सरकार र प्रदेश सरकार लाई कमजोर बनाउदै संघीयता बिरोधीहरु सल्बलाउन थालेकाले संघीयता चाहने शक्तिहरु एक हुन आवश्यक रहेको समेत बताए । पार्टीका उपमहानगर अध्यक्ष चित्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रम प्रदिप नयोङ्ले सन्चालन गरेका थिए ।

सम्बन्धित खवर