आँट छ भने सरकारले काश्मिर समस्या बारे बोलोस्ः देब - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

आँट छ भने सरकारले काश्मिर समस्या बारे बोलोस्ः देब

साइनो समचारदाता

काठमाडौं । राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले कश्मीर समस्याबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् । ‘आँट छ भने यो सरकारले बोलोस् । के बोल्छ बोलोस् । अनि नेपाली कांग्रेसले आफ्नो प्रतिक्रिया दिन्छ।’ उनको भनाई थियो । उनले पराराष्ट्रमन्त्रीलाई प्रश्न गरे, ‘नजिकबाट नियाल्दैछौं भनेर परराष्टमन्त्रीज्यूले भन्नुभयो । यो नियाल्ने काम कहिलेसम्म हुन्छ । कहिलेसम्म नियालिराख्ने?’, राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

छिमेकी मुलुकहरुले आफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बस्नु सफल कुटनीति नहुने भन्दै उनले राष्ट्रिय सहमतिका साथ सरकारले धारणा सार्वजनिक गर्नुपर्ने उल्लेख गरे । सरकार उत्तर (चीन) तिर फर्कने प्रत्यन्त गरिरहेको बताउँदै उनले यस्तो सन्देशले नेपाललाई भविष्यमा समस्या पार्ने चेतावनी दिए । उनले नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालले आफ्नो चासोका विषयमा अडानका साथ प्रस्तुत हुन नसकेको आरोप लगाए । १९ सय ५० को सन्धिबारेमा नेपालले आफ्ना कुरा राख्न नसकेकोमा पनि उनले असन्तुष्टि जनाए । २०४८ साल मै उठेको विषयमा अहिले पनि अगाडि नबढेर आवश्यक ’रोडम्याप’ बनाउन दुवै देशका परराष्ट्र सचिवलाई दिएको निर्देशनलाई उपलब्धि मान्न नसकिने तर्क उनले गरे ।

सम्बन्धित खवर