भनाभनपछि प्रचण्ड र नेपालबीच वार्ता - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

भनाभनपछि प्रचण्ड र नेपालबीच वार्ता

साइनो समचारदाता

काठमाडौं । नेकपा (न्केपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधबकुमार नेपालबीच विहीबार बसेको सचिबालय बैठकमा भनाभन परेको एकदिन पछि भेटबार्ता भएको छ । नेता नेपाल वरीयता तथा जनवर्गीय संगठनमा ओलीले एकपक्षीय नियुक्ति गरेको भन्दै असन्तुष्ट छन् ।

शुक्रबार विहान अध्यक्ष प्रचण्ड र माधवबीच प्रचण्ड निवास खुमलटारमा दुई घण्टा वार्तालाप भएको प्रचण्डको सचिवालयले जनाएको छ । सचिबालयका अनुसार छलफलमा पार्टीको सचिवायल बैठकमा ओली र नेपालबीच भएको भनाभनपछिको तिक्ततालाई कम गर्ने प्रयास गरिएको छ । छलफलको बीचमा केहीबेर नेता जनार्दन शर्मा पनि सहभागी भएका थिए । पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अधिकार दिएर उपचारका लागि सिंगापुर गएको भोलिपल्टै प्रचण्डले नेपालसँग छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्बन्धित खवर