सिरियसको संगीत यात्रा - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

सिरियसको संगीत यात्रा

उकालीमा लहरे बरपिपल
थाहै नपाइ बसेछ मायाजाल
घर त धनकुटा
सम्झना आइरहने, हुदैन भेट…

सुनिता थेगिमसँग कुमार सिरियसले गाएको सो गीतले श्रोताको मन जितिरहेको छ । राई जानुले कमेन्ट गरेका छन्, ‘जति सुने पनि सुनी रहँु लाग्छ, खोई किन हो ? सायद आफ्नो रितिरिवाज संस्कृति जोडिएकोले होला ।’ १ लाख ३२ हजारभन्दा बढीले युट्युबमा हेरिसकेको गीतको शब्द रमेश कार्की र संगीत साजन राईले भरेका छन् ।

४० वर्षीय गायक सिरियसले निरन्तर संगीत साधना गरिरहेको छन् । ओजस्वी कला केन्द्र, पूर्वाञ्चल संगीतालय, प्लस नेपाल हुदै हाल स्वर मन्जरी संगीतालयमा निरन्तर संगीतको साधना गरिरहेका हुन्् । पथरी शनिश्चरे मोरङका नबोदित गायक सिरियसको गीत संगीतमा सानै देखि रुचि थियो । उनले भने, ‘सानै देखि नै संगीत सिक्ने रहर भए पनि पूरा भएन, रहर पूरा गर्न अहिले साधना गरिरहेको छु ।’

बोकोनैमा बुकी फुल्दा, आउला फर्केर
चेली तिमी नरुनु है, मलाई सम्झेर…

यस अघि गाउँबेसीमा फुल्ने बुकी फुललाई समेटेर बनेको गीत, लीला राईसँग गाएका थिए । सिरियसको आफ्नै शब्द÷लयमा बनेको बोकोनैमा…लाई कुन्दन राईले एरेन्ज गरेर गीत तयार पारिएको थियो । गीत, कविता लेख्न रुचाउने उनले भनेका छन्, ‘केहि समयपछि आफ्नै रचनामा अर्को गीत ल्याउने तयारीमा छु ।’

-फिपराज बेघा

सम्बन्धित खवर