इटहरीमा अन्तर्राष्टिय शैक्षिक मेला हुने - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

इटहरीमा अन्तर्राष्टिय शैक्षिक मेला हुने

साइनो समचारदाता

इटहरी । ईडेन एकेडेमीले सुनसरीको इटहरीमा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । भदौ ९ गते सोमबारका दिन दुर्गा पार्टी प्यालेसमा मेला हुदैछ । विहान ९ बजे बाट बेलुका ५ बजेसम्म सञ्चालन हुने अन्तराष्ट्रिय शैक्षिक मेलामा निःशुल्क प्रवेश र निःशुल्क परामर्श को व्यवस्था गरिएको छ ।

ईडेन एकेडेमी कन्स्लटेन्सीका सञ्चालक तथा अध्यक्ष मोहन तिगेलाले मेलामार्फत् विद्यार्थीले एकै ठाउँबाट सत्य तथ्य जानकारी लिने, सम्बन्धित देशको नीति नियम, कानुन र जीवनशैलीलाई बुझाउँने काम गर्ने बताए । ईडेन एकेडेमीले कन्सल्टेन्सीहरु धाउँदै हिड्नु पर्ने बाध्यतालाई थोरै भए पनि हल गर्नेका लागि यस्तो कार्यक्रम गरिएको ईडेनका प्रकाश कार्कीले बताए । कार्कीले भने ईडेनले एजुकेशन फेयरमा १५ देश र २५ भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुको विषयमा विद्यार्थीहरुले केही घण्टामै बुझ्न पाउनेछन । मेलामा अमेरिका, क्यानेडा, अस्ट्रेलिया, न्युजल्याण्ड, जापान र भारत लगायतका १५ देश र २५ भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुका आधिकारीक प्रतिनिधिहरुको उपस्थिति रहने छ ।  कक्षा १२ उतिर्ण गरेका तथा Bachelor, Master र Phd गर्न चाहने विद्यार्थीहरुका लागि शुवर्ण अवसर हुने छ । यस कलेजले निःशुल्क प्रवेश , निःशुल्क परामर्श, IELTS सकेका विद्यार्थीका लागि Spot Admission, Spot IELTS Registration , IELTS पढ्ने विद्यार्थीका लागि ५०% छुटको व्यवस्था समेत हुने जानकारी दिएको छ ।

बिगत १ दशक बढी समयदेखि सुनसरीको धरानमा स्थापना ईडेनले ईडेन एजुकेशन फेयर सञ्चालन गरी बिदेश जान् चहाने बिद्यार्थीहरुलाई त्यस देशका कलेज र शिक्षा पद्धतिका बारेमा सहजीकरण गर्दै आएको छ ।

सम्बन्धित खवर