रवि लामिछाने थप ५ दिन हिरासतमै रहने - Sainokhabar
  • शनिबार, जेठ ०१, २०७८

रवि लामिछाने थप ५ दिन हिरासतमै रहने

साइनो समाचारदाता । टेलिभिजनकर्मी रवि लामिछानेलाइ थप ५ दिन हिरासतमा राखिने भएको छ । मंगलबार जिल्ला अदालत चितवनले उनीसहित ३ जनालाई पुन ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । अदालतले यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
अदालतले लामिछाने सहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार नियन्त्रणमा लिएको थियो । यता लामिछाने समर्थकहरुले चितवनमा निरन्तर प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित खवर