मगर संघद्वारा मृगौला पीडितलाई सहयोग गर्न आग्रह - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

मगर संघद्वारा मृगौला पीडितलाई सहयोग गर्न आग्रह

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे ३ निवासी ३७ वर्षीया टिका राना मगरलाई सहयोग गर्न मगर सम्बद्ध दूई संस्थाले आग्रह गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल मगर संघ र नेपाल मगर युवा संघ नगर समितिले आग्रह गरेको हो ।

१ वर्ष अघिदेखि दुबै मृगौला पीडित राना मगरको उपचारमा सहयोग गर्न टीकादेबी राना मगर वचाउ अभियानले आग्रह गरेको हो । सुमेरो अस्पतालमा उपचारत पीडत मगरको भयोध अस्पताल बल्खुमा डायलोसिस गरेरहेको बुहारी एलिसा राना मगरले बताएकी छिन् ।

भदौ १५ गते पीडितको मृगौला प्रत्योरोपण हुदैछ । भाइ जीवन राना मगरले मृगौला दिने भएको र सो को लागि ६ लाख थप रुपैया लाग्ने पीडितकी आमा रनमाया मगरले जनाइन् । उपचारमा पीडित बराइन बैदेशिक रोजगारमा कमाएको रकम र जग्गा जमिन समेत बेचेर उपचार गराइएकोले पीडितको उपचारमा थप सहयोग गर्न अभियान थाल्ने अभियानका संयोजक टंंक राना मगरले जानकारी गराएका छन् ।

पथरी, उर्लाबारी, मधुमल्ला, टाँडीलगायत स्थानबाट सहयोग संकलन गर्ने, अभियानले सहयोग गर्ने महानुभावहरुले पीडितको बुहारी एलिसा राना मगरको नाममा रहेको सिद्धार्थ बैकको खाता नम्बर ००७१५२०५५६६ मा सहयोग गर्न अनुरोध गरेको छ ।

उपचारत पीडित राना मागर ।

सम्बन्धित खवर