पहिलो पटक आज सर्वदलीय बैठक - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

पहिलो पटक आज सर्वदलीय बैठक

साइनो समचारदाता

काठमाडौं । सरकारको नेतृत्व समालेको १८ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक सर्वदलीय बैठक बोलाएका छन् । संसदमा प्रतिनिधि गर्ने दलहरुसहितको बैठक मंगलबार साझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

प्रतिपक्षहरुलाई खासै चासो नदिने प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय निरुपण सम्बन्धी विवाद समाधानका लागि दलहरुको धारणा बुझ्न खोजेको बताइएको छ । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविनसम्बन्धी आयोग गत फागुनदेखि पदाधिकारीविहीन छन् । आयोग बनेको लामो समय भए पनि काम गरेको छैन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हेग (अन्तर्रा्ष्ट्रि अदालत) लगिए विश्वभर चर्चित हुने भन्दै चर्को भाषणसमेत गरिसकेका छन् ।

सम्बन्धित खवर