आम्बाडीमा बजार व्यवस्थापन समिति - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

आम्बाडीमा बजार व्यवस्थापन समिति

साइनो समचारदाता

उर्लाबारी । मोरङको उर्लाबारी ८ आम्बारीमा रहेको ऐतिहाँसीक बजार आम्वारी बजार व्यवस्थापन समितिमा पुनः कुलबहादुर काम्बाङको अध्यक्षतामा नौ कार्यसमिति चयन भएको छ ।


उर्लाबारी नपा. वडा नम्बर ८ का अध्यक्ष कुलबहादुर कार्कीको रबोहरमा समिति गठन भएको हो । दुई वर्षे कार्यकालका लागि उपाध्यक्षमा पुनः मेदनी प्रसाद चिमरिया त्यस्तै सचिवमा टोमनाथ भट्टराई, सहसचिवमा दधिराम निरौला, कोषध्यक्षमा सविता धिमाल र सदस्यहरुमा भद्रा धिमाल, नारद लुङफुङवा, अनिता जैस्वाल, लक्ष्मी लिम्बु उपस्थित भेलाले सर्वसम्मत चयन गरेको थियो । त्यस्तै सल्लहाकार समितिमा वडा नम्बर ८ का अध्यक्ष कुलबहादुर कार्कीको संयोजकत्वमा पाँच सदस्य चयन भएको थियो । सल्लहाकार समितिका सदस्यहरुमा कुरुराज आङबुहाङ, डिल्लीराम नेपाल, प्रेम लुङफुङवा र राजन काम्बाङ रहेका छन । निकै पुरानो आम्बारी बजार अब आउदो दिनमा स्थानिय सरकार र माथिल्लो निकाय संग साथसहयोग मागी यसको संरक्षण र समद्र्धनमा लाग्ने नव निर्वाचित अध्यक्षको भनाई रहेको थियो । नव निर्वाचित अध्यक्षको भनाईलाई कोटगर्दै हामीले सके सम्म बजारको अवस्थालाई परिवर्तन गर्न साथसहयोग रहने र माथिलो निकायहरुमा सकेसम्म यहाँको अवाज उठाइदिने उर्लाबारी नपा. वडा नम्बर ८ का अध्यक्ष कुलबहादुर कार्कीले आफ्नो भनाई राखेका थिए ।

सम्बन्धित खवर