तिम्बुङ पोखरीमा रहेको विष्णु मन्दिरमा तालाबन्दी - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

तिम्बुङ पोखरीमा रहेको विष्णु मन्दिरमा तालाबन्दी

साइनो समचारदाता

ताप्लेजुङ । लिम्बुवाङ स्प्रिङ आन्दोलनका अगुवाहरुले ताप्लेजुङमा रहेको एक विष्णु मन्दिरमा तालाबन्दी गरेका छन् । ताप्लेजुङ र पान्थरको सिमाना रहेको तिम्बुङ पाखरीमा निर्मित मन्दिरमा तालाबन्दी गरेका हुन् ।

मुन्धुमसँग जोडिएको तिम्बुङ पोखरीलाई विष्णु मन्दिर निर्माण गरी विष्णु पोखरी नामाकरण गर्न खोजिएपछि तालाबन्दी गरेको आन्दोलनका सुनिल आङ्बोले बताए । बताइएको छ । सो को विरोध गर्दै लिम्बुवान स्प्रिङ आन्दोलनकारीहरुले झापादेखि तिम्बुङ वरकसम्म काङ्सोरे लङ्गमार्च गरेका थिए । ४२ जना सहभागी मार्चपासको टोलीले मन्दिरको ढोकामा ताला लगाएका हुन् । लङ्गमार्चका संयोजक इक्साहाङ चेम्जोङले धार्मिक तथा सांस्कृतिक अतिक्रमण गरी विष्णु मन्दिर निर्माण गरिएकोले सोको विरोधका लागि मन्दिरमा तालाबन्दी गरी प्रारम्भिक चरणको आन्दोलन गरिएको र निर्णायक आन्दोलन गर्ने जनाए । लङ्गमार्चमा लिम्बुवानी नेता मचिन्द्र बेघा, किरात याक्थुङ चुम्लुङ प्रदेश समिति सल्लाहकार दिलेन्द्र कुरुङ्बाङ, समाजवादी पार्टी्निकट लिम्बुवान प्रदेश समितिका सदस्य सञ्जीव योङ्या, लिम्बुवान क्रान्तिकारी पार्टीका महासचिव दिनेश किराती लगायत नेताहरु पनि सहभागी भएका थिए ।

सम्बन्धित खवर