पथरीमा आदिबासी दिवस मनाइयो - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

पथरीमा आदिबासी दिवस मनाइयो

साइनो समचारदाता

पथरी । ‘विश्वका आदिवासी जनजाती एक हाँै’ भन्ने मूल नाराका साथ मोरङको पथरी शनिश्चरेमा २५ औँ विश्व आदिवासी जनजाति दिवस मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् पथरी शनिश्चरे र पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा दिवस मनाइएको हो ।

औपचारिक कार्यक्रम अघि विभिन्न जातजातिका झाँकी सहितको र्यालीले ‘आईएललो लागू गर’, ‘संविधान विरोधी लोक सेवा आयोगको विज्ञापन खारेज गर’, ‘आदिवासी विरोधी तत्वहरु होसियार’ लगायतका नारा र प्ले कार्डका साथ पथरी वजार परिक्रममा गरेको थियो । कार्यक्रमकी प्रदेश सभा सदस्य कृष्णकुमारी राईले आदिवासीको हकअधिकार स्थापित गर्न आफु सदैव तत्पर रहेको बताइन् । नगरप्रमुख दिलिपकुमार राईले आदिवासी जनजातिका मुद्दालाई सरकारले विधिवत् रुपमा कार्यान्वयन गर्न नसकेको बताउँदै सरकार संघीयतामा गएसँगै त्यसको अभ्यासमा रहेकोले केहि त्रुटि भएको उल्लेख गरेका छन् । उनले आदिवासी जनजातिको हकहितको लागि सधै नगरपाकिा सहयोग गर्न तयार रहेको बताए ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले संघीयताको अभ्यासको क्रममा केहि कुरा छुटेको बताउँदै आदिवासी जनजातिको हकअधिकारको लागि नगरले कसैलाई काखा र कसैलाई पाखा नगरि समान तरिकाले गर्ने बताइन् । आदिवासी जनजाति महासंघ प्रदेश १ का महासचिव तिलक राईले च्याब्रुङ, हुररा नाच, धान नाच, पोशाक, भाषा आदि आफ्ना सम्पदा रहेकाले यसलाई सरकारले जोगाउने योजना नल्याएको दाबी गरे । आदिवासी जनजाति महासंघ मोरङ जिल्ला समन्वय परिषद् अध्यक्ष दिलबहादुर थेवेले सरकारले लोकसेवाको विज्ञापन गर्दा आफ्नो अधिकार खोसिने गरी अनियमित र अराजक ढङ्गबाट गरेको बताउँदै त्यसलाई खारेज गर्न सबै आदिवासी जनजाति एक हुनु आवश्यक रहेको बताए ।

कार्यक्रममा च्याब्रुङ नाच, उराउ जातिको जातिय नाच, मगर जातिको हुररा नाच, याम्फु जातिको याम्फु साथै माझी जातिको नाच समेत प्रस्तुत गरिएको थियो ।

सम्बन्धित खवर