साइनो खबरका सम्पादक बेघा फोनिज प्रदेश उपाध्यक्षमा निर्वाचित - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

साइनो खबरका सम्पादक बेघा फोनिज प्रदेश उपाध्यक्षमा निर्वाचित

साइनो समचारदाता

उदयपुर । साइनो खबरका सम्पादक फिपराज बेघा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रथम महाधिबेशनबाट उपाध्यक्षमा सर्वसम्मत्ले निर्वाचित भएका छन् ।

प्रदेश १ को गाइघाट राजाबासमा तीन दिनसम्म सञ्चालन भएको महाधिबेशनले अर्जुन जम्नेली राई सहित २१ सदस्यीय प्रादेशिक कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको अर्की उपाध्यक्षमा भूमिका सुब्बा फियाक(झापा), महासचिवमा विदुर खवास (धनकुटा) संगठन सचिवमा सन्देश सुब्बा(पान्थर) र संस्थागत सचिवमा अप्सरा समाल मगर (उदयपुर) र कोषाध्यक्षमा सुसन राई (झापा) निर्वा्चित भएका छन् । सदस्यहरुमा बीरबहादुर पापो (इलाम), राजन साम्पाङ राई(झापा), प्रेम देवान(मोरङ), टकलाल राई (धनकुटा), भाष्कर चौधरी (उदयपुर), महेन्द्र मादेन(तेह्रथुम), साहारा लिम्बू (ताप्जेजुङ), मानवी तामाङ (धनकुटा) र विनादेवी तामाङ(सुनसरी) निर्व्चित भएका छन् । संस्थागत सदस्यहरुमा अतित योङहाङ (लिम्बु पत्रकार संघ), प्रदिपकुमार चौधरी (थारु पत्रकार संघ), चन्द्रकुमार राई (किरात पत्रकार संघ) र नविन गुरुङ निर्वा्चित भएका छन् । अल्पसंख्यक सदस्यमा विजय धिमाल(मोरङ) निर्वा्चित भएका छन् । लेखा समिति संयोजकमा घनेन्द्र केरुङ (पान्थर) र सदस्यहरुमा खगेन्द्रकुमार राई (मोरङ) र ज्ञानु केदेम लिम्बू (इलाम) निर्वा्चित भएका छन् । महाधिवेशनमा प्रदेश १ का १४ जिल्लाका १ सय २२ जना प्रतिनिधिको सहभागिता रहेको थियो । महाधिवेशनको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे ।

सम्बन्धित खवर