संस्थागत विद्यालयले सरकारलाई टेरेन - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

संस्थागत विद्यालयले सरकारलाई टेरेन

साइनो समचारदचाता

पथरी । अत्याधिक गर्मी बढेर जनजीवन अस्तव्यस्त बनेपछि मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगरका विद्यालयहरुमा ३ दिनेको गर्मी विदा दियो । तर ३७ संस्थागत विद्यालयहरुले विदा दिएन ।

नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षताको नगर कार्यपालिकाको बैठकले साउन २८, २९ र ३० गतेसम्म विदा दिने निर्णय गरेको थियो । ३ दिनसम्म नगरका सामुदायिक तथा संस्थागत विद्यालयको पठन पाठन वन्द गर्ने निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । तर सामुदायिक विद्यालयले मात्र विदा दिएको छ । संस्थागत विद्यालयहरुले नगरपालिको निर्णयलाई बेवास्था गर्दै विद्यालय सञ्चालकहरुले सूचना जारी गर्दै विद्यालय सञ्चालन गरेको छ । नगरमा एक क्याम्पस, २८ सामुदायिक तथा ३७ संस्थागत विद्यालय रहेको छ ।

सम्बन्धित खवर