नेकपाले नगर समितिलाई सपथ ग्रहण गरायो - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

नेकपाले नगर समितिलाई सपथ ग्रहण गरायो

साइनो समचारदाता

पथरी । नेपाल कम्यूनिष्ट पार्टीको मोरङ जिल्लाको एकीकरण अभियानमा जुटेका नेताहरुले अवको काम अधिकार प्राप्तिको लडाईको नभई कर्तव्य पालनाको रहेको बताएका छन् ।

पार्टी एकीकरणको घोषणा सभा अन्तर्गत जिल्लाको पथरीशनिश्चरेको कार्यक्रममा बोल्दै नेकपाका १ नम्वर प्रदेश अध्यक्ष देवराज घिमिरेले अव सवै तह र तप्काले समृद्धिको बाटोमा मुलुक अघि बढाउन कर्तव्य पालना गर्नतर्फ लाग्नु पर्नेमा जोड दिए । उनले तिनै तहका सरकारले जनताको साँच्चैको आवश्यकता पुरा गर्न कसरी लाग्ने भन्ने महत्वपूर्ण कर्तव्य रहेको चर्चा गरे । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले अवको नेपालको युग कर्तव्य पालनको युग भएको बताउँदै जनताको हितका लागि नेता, कार्यकर्ता र सरकारले नविन ढंगले काम गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा, नगर कमिटी संयोजकमा मोहन तुम्वापो र सचिवमा बालकुमार मगर सहितको ८१ सदस्यीय कमिटी तथा वडा कमिटीलाई शपथ ग्रहण गराइएको छ ।

सम्बन्धित खवर