आजदेखि काङ्सोरे लङमार्च पास - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

आजदेखि काङ्सोरे लङमार्च पास

साइनो समचारदाता

पथरी । लिम्बुवान स्प्रिङ आन्दोलन’ले तिम्बुङ पोखरी छेउमा विष्णु मन्दिर निर्माण गरेको भन्दै सो को विरोधमा आजदेखि काङ्सोरे लङमार्च पास सुरु गरेका छ । झापाको दुर्गापुरबाट विहान लङ्गमार्चमा निस्किएका हुन् । तीनदिनसम्म तिम्बुङ पोखरी टोली पुग्नेछ ।

लिम्बुवान स्प्रिङ आन्दोलनले सांस्कृतिक अतिक्रमणको चपेटा परेका भन्दै तिम्बुङवरक बचाउ अभियान थालेको आन्दोलनका अभियन्ता टंक सेलिङले बताएका छन् । अतिक्रमणविरुद्ध तिम्बुङ पोखरीसम्म काङ्सोरे लङ्गमार्च गर्दै पोखरी छेउमा निर्माण गरिएको भौतिक संरचनामा तालाबन्दी गर्ने बताएको छ । टोलीले स्थानीय तह (गाउँपालिका)हरुलाई समेत ध्यानाकर्षणपत्र बुझाइने कार्यक्रम पनि तय गरिएको छ । विभिन्न १८ संघसंगठनको सहभागिता रहेको लङ्मार्चमा ३२ जना युवायुवती सहभागी छन् । सो अभिायनको संयोजन ईक्साहाङ चेम्जोङले गरेका छन् । अभिायनमा प्रयास वान्तावा, सुनिल आङ्बो, दिपेन मेन्याङ्बो, प्रतीक्षा तामाङ, सुमन तामाङ, सुमन सुहाङ, सरोज लिम्बू, अनिस लिङ्देन, मिलन लिम्बू, धन्नाजय दर्जी, रेवत लाबुङ, जितेन गुरुङ, उषा लक्सम, राम राई, अमृता लाबुङ, बिबेक सुनुवार, जीवन नेम्बाङ, सुन्दरी शेर्मा, सम्झना लावती, प्रयास वान्तावा, दिनेश माबो, बुद्दराज योङ्हाङ, कर्ण काङ्बाङ, राजमान थेबे, पिताम्बर हेमब्याक, सुमन सहयात्री योङ्हाङ, आदाङ्बा सम्बाहम्फे, वसन्त मेन्यङ्बो, नवीन कन्दङ्वा, देबेन्द्र सावा र पुर्ण सम्बाहम्फे छन् ।

लिम्बुहरुको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको तिम्बुङ पोखरीको छेउमा विष्णु मन्दिर बनाएर विष्णु पोखरी नाम राख्ने सरकारी तयारी रहेको भन्दै यसअघि नै १८ वटा आदिवासी जनजाति संगठनले पोखरी छेउको भौतिक संरचना हटाउन माग गरेका थिए ।

सम्बन्धित खवर