साउन २८ र २९ गते प्रधानमन्त्री निवास बालुवाटार धर्ना गर्दै, हिजो आरक्षण आन्दोलनमा १९ पक्राउ, - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

साउन २८ र २९ गते प्रधानमन्त्री निवास बालुवाटार धर्ना गर्दै, हिजो आरक्षण आन्दोलनमा १९ पक्राउ,

साइनो समचारदाता

काठमाडौं । लोक सेवा आयोगको असंबैधानिक बिज्ञापन विरुद्धमा समानुपातिक समावेशी संरक्षण तथा आरक्षण बचाऔं आन्दोलनको पूर्व घोषित आन्दोलनको क्रममा हिजो १९ जना पक्राउ परेका छन् । साउन २६ गते आइतबार सिंहदरबारमा शान्ति पूर्ण धर्ना दिदा गिरफ्तार परेका नेता अभियानताहरुलाई नेपाल पुलिस क्लब प्रर्दशनी मार्गमा राखिरहेको छ ।

नेपाल आदिबासी जनजाति महासंघको कार्यबहाक उपाध्यक्ष गोविन्द छन्त्याल, अध्यक्ष दलित गेसस महासंघ अध्यक्ष भक्त विश्वकर्मा, कुमार लिङ्देन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अध्यक्ष कुमार लिङ्देन, महासचिब थाङ्साङ लावती, समाजवादी पाटीका केन्द्रीय सदस्यद्धय खगेन्द्र माखिम, दलमर्दन कामी , शुखबिर थामी, सहेक बिश्वकर्मा, हेमन्त राई, काशिन्द्र यादव, राकेश राई, सि एन थारु, कल्पना सुनार, उस्पार सुनार, वाङ्जु तामाङ, जयन कुमार मोक्तान, रमेश थापा मगर, लक्ष्मी थापा र महेश अधिकारी पक्राउ परेका हुन् । नेपाल आदिबासी जनजाति महासंघको अगुवाईमा साउन २८ र २९ गते प्रधानमन्त्री निवास बालुवाटार धर्ना गर्दैछ ।

सम्बन्धित खवर