तीन वडा कार्यालयमा विष्फोट - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

तीन वडा कार्यालयमा विष्फोट

साइनो समचारदाता

झापा । जिल्लाको विर्तामोड नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को गरामनीमा रहेको संयुक्त कार्यालयमा सोमबार विहान चार बजे शक्ति शाली बम विष्फोट भएको छ ।

भवनमा सोमबार बिहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको स्थानीयले जानकारी दिएका छन् । विहान ठूलो आवाजको साथ भएको विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको स्थानीयल बताएको छ । चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली नेतृत्वको टोली पनि भद्रपुरबाट घटनास्थल प्रस्थान गरेको छ । बम विष्फोट कसले गरायो भन्ने नखुलेको झापा प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर