पथरीमा १० लाख बराबरको चोरी - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

पथरीमा १० लाख बराबरको चोरी

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे २ बुद्ध चोकमा १० लाखभन्दा बढीको धनमाल चोरी भएको छ ।

५० वर्षीय स्थानीय भोजकुमार लावतीको घरमा चोरी भएको हो । २ हप्ता अघिदेखि घरमा ताल्चा लगाएर घरधनी लावती केराबारी गाउँपालिका वडा नम्बर ५ याङ्सिला मोरङ गएका थिए । उनका अनुसार ३ लाख नगद, ३ तोला सुन, ४ तोला चाँदी, ३२ इन्चको टीभी, १२ सेट झर्के थाल, १२ सेट झर्के बटुकोलगायत सामाग्री चोरी भएको हो ।

सम्बन्धित खवर