लिम्बुवान क्षेत्र पूर्ण रुपमा बन्द, नौ जिल्लाको जनजीवन प्रभावित, पाँच बजेदेखि बन्द खुल्ने - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

लिम्बुवान क्षेत्र पूर्ण रुपमा बन्द, नौ जिल्लाको जनजीवन प्रभावित, पाँच बजेदेखि बन्द खुल्ने

साइनो समचारदाता

पथरी । राष्ट्रिय जनमुक्ति पाटी निकट किरात लिम्बुवान खम्बुवान राज्य परिषद्ले घोषणा गरेको अरुणपूर्वका नौ जिल्ला बन्दको कार्यक्रमले जनजीवन प्रभावित भएको छ । बन्दले ताप्जलेजुङ, पाचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा रहेको शैक्षिक सस्था, कलकारखाना उद्योग, यातायातको साधन प्रभावित भयो । पार्टी निकट विद्यार्थी संगठनका महासचिब प्रदिप नेयोङले लिम्बुवान पूर्णरुपले बन्द भएको जनाए ।

साउन २२ गते (आज) बन्दले पूर्व पश्चिम लोकमाग, चारआली–ताप्लेजुङ मेची लोकमार्ग, कोशी लोकमार्गलगायत लामो तथा छोटो लोकमार्ग पूर्ण रुपमा भएपछि प्रदेश १ को जनजीवन प्रभावित भएको हो । विस १८३१ मा भएको ऐतिहासिक लालमोहर सन्धि, २०६४ फागुन १८ र चैत ६ गते भएको पाँचबुँदे सम्झौता उल्लंघन गरिएको र १६ बुँदे सहमतिपश्चात् ल्याइएको पहिचानबिनाको बेनामे प्रदेशको विरोधमा बन्द आह्वान गरिएको राष्ट्रिय जनमुक्ति पाटीका प्रदेश नं १ का अध्यक्ष प्रकाश येङ्देनले बताए । येङ्देनले वर्तमान सात प्रदेशले लिम्बुवानको भूगोल र इतिहासलाई समेट्न नसक्ने समेत बताए । उनले आम नेपाली जनताको भाबना अनुरुप संविधान पुर्नलेखन गर्दै प्रदेश नं १ लाई आत्मनिर्णयको अधिकारसहित लिम्बुवान नामाकरण गरिनुपर्ने माग राखेका राखेका छन् । प्रदेश नं १ का सचिव कृष्ण थेबेले लिम्बुवानको लालमोहर खोसेको अधिनायकवाद सिर्जना गरेको भन्दै बिरोध स्वरूप लिम्बुवान क्षेत्र बन्द गरिएको बताए । राष्ट्रिय जनमुक्ती पार्टी केन्द्रिय अध्क्षय केपी पालुङ्वा बन्दको अवलोकन गरेका छन् । पाँच बजेदेखि बन्द खुल्ने पार्टीले जनाएको छ ।

यस्तो छ, परिषद्को अपिल

आफ्नो अधिकार आफनै चक्काजाम, 
सम्पुर्ण मजदुरहरुलाइ दिनभरी आराम ।

अपिल

श्रावण २२ गते लिम्बुवान बन्द सफल पारौ।

अहिले हामी अन्तिम लडाइको तयारीमा छौ।इतिहास र बर्तमानको किनारामा बसेर हामी पहिचान बादीहरु सडक र सदन दुवै स्थानबाट आन्दोलन गरिरहेको छौ।यसै सन्धर्भमा जनचाहनालाई सम्मान गर्दै पहिलो संबिधान सभा २०६४ले निर्देशित गरेको राज्यपुनः संरचना,शासकीय स्वरुप र पुर्ण निर्वाचन प्रणालीले राष्ट्रलाइ अग्रगमन दिशामा अगाडि बढाउने अवस्थामा लिम्बुवान राज्य सुनिस्चित गर्न १८३१ श्रावण २२ को सन्धिलाइ स्मरण गराउदै २०६६ श्रावण २२ गते पहिलो पटक लिम्बुवान बन्द घोषण गरियो।जनताको अत्यधिक समर्थन रहेको उक्त बन्द भब्यता पुर्बक सम्पन्न भयो।लिम्बुवानबासी जनताले दिएको जनादेशको सम्मान गर्दै यो बन्द हरेक बर्ष जारी छ।जब सम्म संबैधानिक रुपले लिम्बुवान राज्य सुनिश्चित हुदैन तबसम्म हरेक बर्षको श्रावण २२ गते लिम्बुवान बन्द जारी नै रहने छ।

अहिले देश जसरी चलिरहेको छ,त्यो वास्तवमा नै गलत ढंगले चलिरहेको छ। आमूल परिवर्तन लाई आत्मसाथ गर्दै नया संबिधानले सम्पुर्ण जाति,बर्ग,लिङ्ग र समुदायलाई राष्ट्र नेतृत्व गर्नै हैसियत पुर्याउनु पर्नेमा १० बर्षे जनयुद्ध र दोश्रो जनआन्दोलनको मर्मलाई समेत लत्याएर कथित दोश्रो संविधान सभाले २०७२ असोज ३ गते प्रतिगामी संबिधान घोषण गर्यो।यसरी जबर्जस्त रूपमा प्रतिगामी संबिधान घोषण गरिएपछी अहिले पहिचानको आन्दोलन संबिधान पुनः लेखन को कार्यदिशामा अग्रसर छ।कथित दोश्रो संबिधान सभाले प्रतिगामी संबिधान मार्फत लिम्बुवान,खम्बुवान,तम्बुवान,मगरात,थारुहाट,मधेस,नेवा:राज्य,ताम्सालिङ्ग,खसान,कोचिला लगायत सम्पुर्ण राष्ट्र राज्यहरुको इतिहास नामेट गर्यो।प्रतिगामी संबिधान घोषण हुनसाथ राष्ट्रिय जनमुक्ति पार्टीले नेपाल सरकारलाई ज्ञापन पत्र मार्फत संविधान पुर्न:लेखनको लागी सचेत गरायो तर राज्य पक्षबाट आजसम्म कुनै सुनवाइ भएको छैन।तसर्थ:-

क)अपुर्ण संघियतालाइ पुर्णता दिलाउन। 
ख)गुठी बिध्येक खारेज गराउन । 
ग)मुलुकमा भइरहेको ब्याप्त भ्रस्टाचार अन्त्री गर्न। घ)गैरआवासीय नेपालीहरुको नागरिकता निरन्तरता दिलाउन। 
ङ)धर्म निरिपेक्षतालाइ संबैधानिक रुपमा कार्यन्वयन गराउन। 
च)लोक सेवा आयोगको असम्बैधानिक कदम खारेज गराउने। 
छ)मजदुरहरु माथी हुने श्रम शोषणको अन्त्य गर्न।

संविधान पुर्न:लेखन मार्फत लिम्बुवान राज्य सुनिश्चित गर्न २०७६ साल श्रावण २२ गते एक दिने लिम्बुवान बन्द घोषण गरिएको छ।बन्दको दिन एम्बुलेन्स,जन्तीको गाडी,मलामीको गाडी,कुटनितिक नियोगको गाडी,तिर्थयात्रीको गाडी र प्रेसको गाडीलाइ चल्न दिइने छ।बन्द सफल बनाउन सम्पुर्ण उधोगी व्यावसायि,श्रमीक,मजदुर,बिद्यार्थी,पत्रकार,बुद्दिजिबि लगायत आम लिम्बुवानबासी,न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछौ।

आयोजक:
राष्ट्रिय जनमुक्ति पार्टी,
किरात-लिम्बुवान-खम्बुवान राज्य परिषद।

सम्बन्धित खवर