मूख्य सडकमा रुख लडेपछि आवात जावतमा समस्या - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

मूख्य सडकमा रुख लडेपछि आवात जावतमा समस्या

साइनो समचारदाता

पथरी । पूर्व पश्चिम मूख्य लोकमार्ग पथरी मंगलबारे अन्तरगत पर्ने सडकमा सामान्य हावाहुरीले रुख लडाएपछि आवातजावतमा समस्या देखिएको छ । समचार प्रकाशित गर्ने बखतसम्म रुख हटाइएको छैन । यातायातको साधन सडक छेउबाट कुदिरहेको छ ।

बुधबार दिउसो ११ बजे पथरी शनिश्चरे २ जय चोकमा रहेको सिसौंको रुख लडेको थियो । दुई साता अघि सोही स्थानमा सुकेको रुख लडी सडक प्रभावित भएको थियो । सुकेको नसुकेको रुखहरुले दुर्घटना निम्त्याउने खतरा बारे साइनो खबरले समचार प्रकाशित गर्दै आएको छ । तर सम्बन्धित निकाय सडक विभाग, वन विभागले चासो दिएको छैन ।

सम्बन्धित खवर