गुटगत प्रभाबले रोकियो विचार गोष्ठी, काँग्रेसी कार्यकर्ता रुष्ट - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

गुटगत प्रभाबले रोकियो विचार गोष्ठी, काँग्रेसी कार्यकर्ता रुष्ट

साइनो समचारदाता

पथरी । जीपी कोइराला अध्यायन केन्द्र मोरङले गर्ने भनिएको बिचार गोष्टी स्थकित भएको छ । ‘गिरिजा बाबुले देखाएको बाटो र वर्तमान समयमा युवाहरुको भुमिका’ भन्ने विषयमा साउन २० गते सोमवार गर्ने भनिएको विचार गोष्टी अन्तिम समयमा आएर स्थकित भएको हो । कार्यक्रमको सबै तयारी भएको आमन्त्रीत नेताहरु पनि आउने क्रम सुरु भइसेकेको थियो । तर एक्कासी ५ दिन अघि मृत्यू भएका तरुण क्षेत्रीय उपाध्यक्ष पोषण कुमार मल्ल (किसान) को कारण देखाउँदै कार्यक्रम स्थकित भएपछि काँग्रेसी कार्यकर्ता रिसाएका छन् ।

कार्यक्रम संयोजक तथा जीपी कोइराला अध्यायन केन्द्र मोरङका सभापति सुविन पराजुलीले भने, ‘कार्यक्रमको सबै तयारी भएको थियो तर पाटीका जिम्मेवार ब्यक्तिले कार्यक्रम स्थकित भएको भन्दै नेता बक्ताहरुलाई सूचना गरेछन । त्यसैले कार्यक्रमको अघिल्लो दिन एक्कासी नेताहरुले अन्यन्त्र कार्यक्रम तय गरेको जानकारी पायौं ।’ उनले कार्यक्रममा धनराज गुरुङ र चन्द्र भण्डारीको आफ्नौ जिल्लामा कार्यक्रम भएकाले आउन नभ्याएको आयोजकलाई जानकारी गराएको बताए । कार्यक्रमका अर्का बक्ता गगन थापालाई भने कार्यक्रम स्थकित भएको भनेर झुटो सूचना पुगेको पराजुलीले बताए । नेपाली काँग्रेस नगर सचिव दुर्गा भट्टराईले शोकका कारण स्थकित भएको र शोक पछि चाडै कार्यक्रम गर्ने बताए । जिल्ला सचिव मोदराज घिमिरेले पार्टी जिल्ला सचिव नागेस कोइरालामार्फत् कार्यक्रम स्थकित भएकोे भन्ने कुरा थाहा भएको तर के कति कारणले स्थकित भएको थाहा नभएको बताए । उनले भने, ‘युवा भाइहरुले गरेको कार्यक्रम पूर्ण तयारी भएको थियो । हामी जिल्लाका सबै सहभागी हुने तयारीमा थियौ । यसरी स्थकित हुदा पाटीलाई ठूलो घाटा भएको छ ।’

काँग्रेसले लोमो समयपछि पथरी शनिश्चरेमा निक्के ठूलो कार्यक्रम तय गरिएको थियो । पाटीको आन्तरिक किचलो, गुट र उप गुटका कारण कुनै पनि कार्यक्रम हुन सकेको छैन । लामो समय सम्म कुनै कार्यक्रम नभएकाले उदाउदो जुझारु युवा नेता तथा जीपी अध्यायन केन्द्र मोरङका सभापति सुविन पराजुली, रोशन पराजुली, गिरिस सावाले नगर कार्य समितिको समन्वयमा कार्यक्रम तय गरेका थिए । नेकपा (नेकपा)ले जरो गाडेको ठाउमा काग्रेसका शीर्ष नेता शशांक कोइराला, गगन थापा, प्रदिप पौडे्ल, गुरुराज घिमिरे, बद्रि पाण्डे, जिवन परियार र कुन्दन काफ्ले आउने भएका थिए ।

बिना जानकारी कार्यक्रम स्थगित भएपछि स्थानीय नेतामा खैलाबैला मचिएको छ । आयोजकले आइतबार दिनको १२ बजेसम्म बजारमा झन्डा गाड्दै आएका थिए । तर एक्कासी कसैको स्वार्थका लागि कार्यक्रम स्थकित भएको स्थानीय कार्यकर्ताको बुझाई रहेको छ । एक कार्यकताले भने, ‘केन्द्रीय स्तरका नेता भएर कसैको इसारामा चल्नु अनि यत्रो कार्यक्रम रद्द हुनु भनेको दुखको कुरो हो ।’ कार्यक्रम के कति कारणले रोकिएको भन्ने बिषयमा स्थानीय नेता तथा कार्यकर्ताहरुमा समेत जानकारी छैन । एक कार्यकर्ताले नाम गोप्य राख्ने सर्तमा भने ‘कार्यक्रमको सबै तयारी पूरा भएको हो । सोहि अनुरुप नेताहरु पनि आउने तयारी भएको थियो भने केहि नेता हिडी सकेका थिए तर पूर्व महाधिबेशन प्रतिनिधि केशव दुलालले आफूलाई कार्यक्रमका विषयमा सोधीखोजी नगरी कार्यक्रम आयोजना गरेको भन्दै आउने नेताहरुलाई रोकेको बुझ्नमा आएको छ ।’

मोरङमा शशंक कोइरालाको प्रमुख आतिथ्यमा हुन लागेको कार्यक्रम स्थकीत हुनुले कोइराला पक्षका दुलाल कोइरालाकै बिपक्षमा रहेको हो कि भन्ने देखिएको छ । काठमाडौ बस्ने दुलाल जब स्थानीयस्तरमा कार्यक्रम र चुनावहरु हुने गर्छ तब मात्र मोरङ गाँउ पस्ने गरेका छन । कुटनीतिमा माहिर दुलाल आफू निकटकालाई सहयोग गर्ने र मन नपरेका पाटीकै कार्यकर्तालाई हराउने गरेका स्थानीय आरोप लगाउछन् । एक ब्यापारीले आलोचना गर्दै भने, ‘गएको ब्यापार संघ र स्थानीय निकायको चुनाव हेरांै न उहाको भुमिका कस्तो थियो ।’ यता दुलालसंग संम्पर्क गर्दा आफूलाई सो कायक्र्रमको विषयमा केहि थाहा नभएको बताए । आफूले कार्यक्रमको बारेमा र बजारमा उठेका नकरात्मक टिप्पणीको विषयमा पत्रकारमार्फत् जानकारी भएको बताए ।

सम्बन्धित खवर