‘संविधान व्यवस्थित गर्न बाँकी छ’ः सांसद सावा (फोटो फिचरसहित) - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

‘संविधान व्यवस्थित गर्न बाँकी छ’ः सांसद सावा (फोटो फिचरसहित)

संघीय सांसद एलपी सावा

साइनो समचारदाता

दमक । संघीय सांसद एलपी सावाले संविधानमा केही व्यवस्थित गर्न बाकी रहेको बताउँदै समय र परिस्थितिअनुसार औचित्यता पुष्टी गर्नुपर्ने बताएका छन् । ‘अधिकारको कुरा गर्दा कर्तव्य भुलेकोप्रति इङ्गित गर्दै अधिकार र कर्तव्य संगँसँगै लडनुपर्छ ।’ उनले भने, ‘संविधानमा केही व्यवस्थित गर्न बाकी छ । समय र परिस्थितिअनुसार औचित्यता पुष्टि गर्नुपर्छ ।’ सावाले संविधानमा के के पुष्टि गर्नुपर्ने भन्ने बारेमा खुलाएनन् ।

सम्मान ग्रहण गर्नेक्रममा वनेम विक्रम फागो ।

संघीय सांसद एलभी सावाले अधिकार प्राप्तीको लडाई एक हदसम्म पूरा गरेर अर्को अभियानतिर मुलुक लागेको बताएका छन् । उनले भने, ‘अधिकार प्राप्तीको लडाई एक हदसम्म पूरा गरेर अर्को अभियान लागेको छ ।’ मुलुक आर्थिक समृद्धिको लडाईमा लडिरहेको बताउँदै उनले समृद्धिको लडाई चुनौति रहेको औल्याए । उलने अभियानमा बाधा खडा भैइरहेको बताउँदै समृद्धि गर्न दिने र नदिने लडाईँ जारी रहेको बताए ।

सम्मानीत व्यक्ति आन्छुमे नसान सम्बोधन गर्ने क्रममा ।

दमक झापा आयोजित किरात साम्यो नालीफुङ्वा पान्जुम्भोको १९ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका सावाले सो कुरा बताएका हुन् । किरात साम्यो नालीफुङ्वा पान्जुम्भोका अध्यक्ष दिपक तिगेलाले झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सासद समेत रहेका सावालाई समेत सम्मान गरेको छ ।

स्थापना दिवसमा सास्कृतिक कार्यक्रमका साथ विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पुरस्कृत र सम्मानित गरिएको छ । स्थापना दिवसको अवसरमा किरात नालीफुङवा पन्जुम्भोमा रहेर योगदान गरेका ३ जनालाई नालीफुङ्वा जुझारु पुरस्कार २०७६ प्रदान गरिएको छ । पुरस्कृत हुनेहरुमा किरात साम्यो नालीफुङ्वा थुम पान्जुम्भो मोरङका अध्यक्ष आकाश लङ्वा लिम्बू, किरात साम्यो नालीफुङ्वा थुम पान्जुम्भो पाँचथरका कोषाध्यक्ष देशिला तुम्बापो र किरात साम्यो नालीफुङ्वा पाङ्भे पान्जुम्भो माबुकी अध्यक्ष अनिशा साउदेन रहेका छन । उनीहरुलाई सावाले जनही नगद १ हजार ५ सय १९ सहित सम्मानपत्र प्रदान गरेका थिए ।

किरात साम्यो नालीफुङ्वामा पान्जुम्भोले आफ्नो स्थापना दिवसमा विभिन्न क्षेत्रका ९ जनालाई सम्मान गरेको छ । सस्थापक अध्यक्ष नन्दकुमार नेम्बाङ र पूर्व अध्यक्ष बिक्रम फागो वनेमलाई सम्मान गरेको छ । त्यस्तै किरात साम्यो नालिफुङ्वाद्वारा प्रकाशित नालीफुङ्वा मासिक पत्रिकाका पूर्व सम्पादक काकीराम लावती(आन्छुमे नसान), पूर्व सहसम्पादक सङ्सेमी माङयुङ र पूर्व व्यवस्थापक शन्त तिगेलालाई समेत सम्मान गरेको छ । सम्मानीतहरुले २०६९ देखि २०७२ सम्म नालीफुङ्वा मासिकमा काम गरेका थिए ।

त्यस्तै उदयमान गायिका स्वास्तिका साउदेन, बाल गायक मनिश लिम्बू र बाल कलाकार खुशी थेगिमलाई पनि नालीफुङ्वाले सम्मान गरेको छ । २०५८ सालमा स्थापित किरात साम्यो नालिफुङ्वा पान्जुम्भो किरात धर्मावलम्बीहरुको युवाहरुको संगठन हो ।

सम्बन्धित खवर