उदयपुरमा बढ्दो दुर्घटना - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

उदयपुरमा बढ्दो दुर्घटना

साइनो समचारदाता

उदयपुर । प्रदेश नम्बर १ को उदयपुर जिल्लामा एक वर्षमा सवारीसाधन दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७५÷०७६ भएका साना तथा ठूला एक सयभन्दा बढी सवारी दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांकमा उल्लेख छ ।

तस्वीरः फाइल फोटो

दुर्घटनामा मृत्यु हुनेमा ३६ पुरुष, चार महिला ४ र दुई बालकको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी ८५ जना गम्भीर र ९३ जना सामान्य घाइते भएका थिए।आर्थिक वर्ष २०७४÷०७५ मा सवारी दुर्घटनामा परी ३५ जनाको ज्यान गएको थियो । ८६ जना गम्भीर घाइते र ६७ जना सामान्य घाइते भएको छ । सवारी साधानको क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गति र मादक पदार्थ सेवन, चालक र सहचालकको लापरबाहीले पनि दुर्घटना बढेको ट्राफिका कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर