चौतारीमा गजलकार विवश र गायक अनिलको प्रस्तुति - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

चौतारीमा गजलकार विवश र गायक अनिलको प्रस्तुति

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरेमा पूर्वका चर्चित गजलकार विवश वलिभद्र कोइराला र गायक संगीतकार अनील फागोको गजल तथा गीत प्रस्तुतिको कार्यक्रम सम्पन्न भएको छ ।

एभरेष्ट आर्ट फ्यूजनको मुख्य तथा सीएम कन्दङ्वा स्मृति कोषको सहआयोजनामा ‘सृजना चौतारी’को ११ औं श्रृंखलाका रुपमा गीत गजल वाचन तथा गायन कार्यक्रम भएको हो । कार्यक्रममा विवशले २ दर्जन गजल र गीत वाचन तथा अनिलले आधा दर्जन गीत र गजलको गायन प्रस्तुत गरे । विवशका बारेमा समकालिन सर्जक भूपेन्द्र तिम्सिनाले र अनिलका बारेमा ओमप्रकाश शर्मा अभिन्नले बोले । मोरङ, झापा र इलामका सर्जकहरुको जमघट रहेको थियो।

एभरेष्टका अध्यक्ष षडानन्द सुवेदी निश्चल, सीएम कन्दङ्वा स्मृति कोषका अध्यक्ष सर्जक रविन कन्दङ्वा, कार्यक्रम संयोजक राजेन्द्र विवशले एभरेष्टमार्फत् सेरामिक उद्योगबाट उत्पादन गरेको माटोको बुद्ध मूर्ति अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए ।

सम्बन्धित खवर