कालोपत्रेः कतै प्वाल, कतै डुवान - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

कालोपत्रेः कतै प्वाल, कतै डुवान

साइनो समचारदाता

चुलाचुली (इलाम) । जिल्लाको चुलाचुली गाउँपालिका वडा नं. ४ मा कमल गाउँपालिका सिम्ले सिमाना हुँदै चुलाचुली –४ आइतबारे, समावेशी चोकदेखि निर्माणाधिन चुलाचुली गाउँपालिका भवन सम्मको कालोपत्रे निमार्ण अन्तिम चरणमा पुगेको छ ।

कालोपत्रे सडकको निमार्ण अन्तिम हुँदै गर्दा लगातारको झरीले ठाउँठाउँमा प्वाल परेको छ भने, सडकको दायाँबायाँ १÷१ फुट ग्रावेल भाग हुनु पर्ने मापदण्ड भए पनि त्यो नदेखिएको स्थानीयको बुझाइ छ । जम्मा १५ सय मिटरको कालोपत्रे सडक निर्माणको लागि प्रदेश सरकारबाट १ करोड ३५ लाख, चुलाचुली गाउँपालिकाबाट ५० लाख गरि जम्मा १ करोड पचासी लाखको कालोपत्रे निर्माण सम्पन्न हुन लागेको चुलाचुली गाउँपालिका प्रशासकीय अधिकृत काजिमान राईले वताएका छन् । उनको अनुसार, सडकको मापदण्ड अनुसार १५ सय मिटरको कालोपत्रे सडकमा चौडाइ ९ मिटर रहने, सडकको दायाँबायाँ नाला व्यवस्थस्थित तरिकाले खनिने छ । लगातारको झरीकै कारण कालोपत्रे गर्ने लागिएको सडकमा प्वाल पर्ने थालेपछि, दायाँबायाँ नाला नखनी काम थालेका हुनाले स्थानीयवासीहरूको घर डुवानमा परेको जनगुनासो पनि उतिकै छन् । स्थानीयको गुनासोलाई सम्बोधन गर्दै प्रशासकीय अधिकृत राई भन्छन्, ‘चुलाचुली गाउँपालिका ४ नं. आइतबारेमा केही घरधनीले काममा केही अवरोध प¥याएकाले समयमै नाला नखनिएको हुनाले पानी निकासमा समस्याकै कारण घर डुवानमा परेको हुन सक्छ ।’ २०७५ चैत ११ गतेबाट आयोजना सुरू भएको यस कालोपत्रे सडक यहि असार १५ गते सम्पन्न गर्नु पर्ने ढिलाइ बारे अधिकृत राईले बर्खाका कारण काममा ढिलाइ भएको, समय थप्न सकिने बताए । ११ सय मिटर कालोपत्रे ड्राइगन जितेश्वर कन्ट्रक्शनले ठेक्का लिएको थियो भने, ४ सय मिटरको कालो पत्रे इलाम कन्ट्रक्सन, सुर्याेदयले लिएको हो ।

सम्बन्धित खवर