स्टाप नर्स पढ्ने इच्छा रहेकी अनितालाई प्रवासी समाजले गरे सम्मान सहित सहयोग - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

स्टाप नर्स पढ्ने इच्छा रहेकी अनितालाई प्रवासी समाजले गरे सम्मान सहित सहयोग

साइनो समचारदाता

चुलाचुली (इलाम) । चुलाचुली प्रवासी सेवा समाज,इलाम ले चुलाचुली गाउँपालिका ४ नं. वडा स्थित रहेको बालज्योति माविकै एसईई टप छात्रा अनिता सावा लिम्बूलाई सम्मान सहित नगद सहयोग गरेको छ ।

२०७५ को एसईई परीक्षामा ३.२५ जीपीए ल्याएर उक्त विधालयकै उत्कृष्ट छात्रा अनिता सावा लिम्बूलाई संस्थाको उपसल्लाहकार सुवास कोयू राईद्धरा नगद १० हजार १ सय १० रूपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । उक्त अवसरमै प्रवासमा रहेको जनक मोहराले व्यक्तीगत तर्फबाट १ हजार ३ सय सहयोग प्रदान गरिएको छ । पारिवारिक आर्थिक स्थिति कम्जोर रहेकी अनिता सावा लिम्बू दुई बर्ष अगाडि देखि िशक्षादाताहरूकै सहयोगमा अध्ययन गर्दै आएकी छन् ।

माङ्सेबुङ गाउँपालिका ४ नं. वडा स्थायी घर भएकी अनिताले ११ बर्ष हुँदै आमा गुमाएकी उनले आफैले संघर्ष गर्दै कक्षा आठसम्म विध्या सिर्जनात्मक मावि मार्चेबुङ, इलाम पढेकी थिइन् । अनितालाई कक्षा ९ देखि १० सम्म पढ्नलाई चुलाचुली ल्याइएको थियो, चुलाचुलीमा उनी घर भाडामा बसेर पढ्दै आएकी छिन् । परिवारमा एकली सन्तान अनिताको अहिले बुबा मात्रै रहे पनि उनको बुबा पनि दमको रागी हुनुहुन्छ ।
स्टाप नर्स पढ्ने सपना बोकेकी अनिता अहिले साइन्स पढ्ने तयारीमा छिन् । यतिबेला भने उनको पढाई अगाडि बढाउनको लागि उनलाई आर्थिक सहयोगको आवश्यक रहेको अनिता बताउँछिन् ।

सम्बन्धित खवर