बक्रा पीडित सन्थाल परिवार, अझै घर फर्कन सकेन्न - Sainokhabar
  • बिहिबार, साउन १४, २०७८

बक्रा पीडित सन्थाल परिवार, अझै घर फर्कन सकेन्न

साइनो समचारदाता 

पथरी । मोरङको उर्लाबारी नगरपालिका ८ मा बक्रा नदिले बिस्थापित गरेको सन्थाल परिवार अझै आफ्नो बास्थान र्फकन सकेका छैन्न । असार २४ गते राति देखि परेको अभिरल बर्षका कारण खोलाको डिलमा बसोबास गर्दै आएका ६ सन्थाल परिवार विस्थापित भएका हुन ।

तत्कालै स्थानियले नजिकै रहेको बहादुर बाबा चौधरी प्राथमिक विद्यालयमा बसिरहेका छन् । भोलि १२ गतेदेखि स्कुल लाग्छ त्यस पछि काहाँ जाने भन्ने चिन्ताले सन्थाल परिवारलाई सताएको छ । १६ दिन बितिसक्दा पनि उक्त परिवार घर र्फकन सकेको छैन । स्थानियको सहयोमा ग्यास र्तिपाल म्याट र खानाको बन्दोबस्त भएको उनिहरु बताउछन ।

खोला कटानका कारण उक्त स्थान छोडर्नु परेको एक सन्थाल बताउछन । खोला नजिक बस्दा साना साना केटाकेटी बगाउने डर सरि बसेकी एक सन्थाल महिला भन्छीन “स्कुल लाग्न थाले पछि कहाँ जने के गर्ने बस्दै आएको ठाउ पनि खोलाले लग्यो” ।

स्कुलको २ ओटा कोठामा ६ परिवार बस्नु परेको बुद्धिलाल हेमरन बताउछन ।स्कुलमा सबै सुबिधा भएको तर स्कुल लाग्न थाले पछि कहाँ जने चिन्ता छ । पहिले बसेको ठाउमा जान सक्ने अवस्था नरहेको बुद्धिलाल बताउछन ।स्थानिउको सरणमा स्कुल बस्दै आएका मुसे हेमरन भन्छन “खोलाको डिलमा बस्दै आएका थिउ अब उक्त स्थानमा पनि जोखिम छ जग्गा धनिले पनि अब बस्न नदिने रे वडाध्यक्षलाई भन्यो सुकुम्बासी बस्ने ठाँउ छैन” भन्छन मुसे हेमरन बताउछन ।

कटान सुरु भए पछि सो क्षेत्रका सांसद कुलप्रसाद साम्बा, स्थानीय नारायण बस्नेत र इन्द्र लामाको पहलमा सन्थाल परिवारलाई सुरक्षीत स्थानमा राखेको र स्थानियको सहयोगमा ५ सय मिटर बाँसको अस्थायी बाँध (पर्कुपाइन) निर्माण गरिएको छ । तर बर्षात नरोकिएकाले खोला कटानको समस्यामा परेको छ । स्थानीयहरुकै बाँस काटेर खोलामा अस्थायी बाँध निर्माण गरिएको भए पनि आफ्नो जग्गा जमिन नभएका सन्थाल कहाँ जाने के गर्ने भन्ने सन्थाल दोधारमा परेको छन ईन्द लामा बताउछन ।

खोलाले कटान सुरु गरे पनि सरकारी स्तरबाट कुनै पहल सुरु भएको छैन । गाँउनै जोखिमा परे पछि कोशी बक्रा नियन्त्ररण बिराट नगरको सहयोगमा स्थानीयहरु संग बाँस मागेर सबै युवाहरु खटिएर रातभर बाँध निर्माण गरेको नारायण बस्नेले बताए

त्यसो नगरेको भए उर्लाबारी ८ को कृषिको पकेट क्षेत्र, रतुवामाईको २ वटा वडा र गोविन्दपुर, हसन्दहको केही क्षेत्र डुबानमा पर्न सक्ने अवस्था थियो’ बस्नेतले भने ।

उक्त क्षेत्रका सांसद कूलप्रसाद साम्बाले संघीय सरकारले बक्राहा नदी नियन्त्रणका लागि ८ करोड छुट्याएको भएपनि त्यो अपुग हुने बताए । ‘८ अर्ब भन्दा बढी बजेट लाग्ने बक्राहामा ८ करोड छुट्याएर काम हुन नसक्ने,’ उनले भने, ‘यस विषयमा उर्जा तथा जलस्रोत मन्त्री वर्षामान पुनसँग पनि आफुले कुरा गरेको बताएका छन ।’

सम्बन्धित खवर