सरकार भेटिएको देशमा न्याय हरायो, निर्मला पन्तको हत्यारा पत्ता लागेन - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

सरकार भेटिएको देशमा न्याय हरायो, निर्मला पन्तको हत्यारा पत्ता लागेन

कञ्चनपुर / कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुरा भएको छ । गत वर्ष साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियाे । भने साउन ११ गते घर नजिकैको उखुबारीमा उनको शव फेला परेको थियो । उक्त घटनाले देश बासिले नै दुखि बनाएकाे थियाे । त्यस बखत देश भर विभिन्न दबाबमूलक कार्यक्रम पनि भए । तर लामो समय बितिसक्दासम्म अपराधी पहिचान गर्न नसकेपछि निर्मलाको न्यायका लागि गरिएका दबाबमूलक कार्यक्रम पनि सेलाएका छन् । निर्मलाकी आमा दुर्गादेवी बाँकी दुईटी छोरीको भविष्य हेर्दै राहत रकम बुझेर आफ्नो दैनिक कामकाजमा फर्किएकी छन् । उनी अहिले भीमदत्त नगरपालिकाको महिला शाखामा कार्यालय सहयोगीका रुपमा दैनिक चार सय रुपैयाँका दरले डोरहाजिरमा काम गरिरहेकी छन् ।

यसबीचमा दर्जनभन्दा बढी टोलीबाट घटनाको अनुसन्धानका साथै ४ वटा प्रतिवेदन सार्वजनिक गरियो तर हत्यारा अझै रहस्यको गर्भमै छ । अनुुसन्धानका क्रममा स्थानीय दीलिपसिंह विष्टलाई अभियुक्तका रुपमा पक्राउ गरियो तर पछि डीएनए परीक्षण नमिलेपछि उनलाइ पनि छाेडियाे । घटनाको एक वर्षसम्म सिआइबिका ४ टोलीसहित एक दर्जन टोलीको अनुसन्धान र ४ वटा प्रतिवेदनबाट पनि दोषी किटान हुन सकेको छैन । यता, कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश कुमार आचार्य निर्मलाको हत्यारा खोजी गर्ने कार्यलाई महत्वका साथ अगाडि बढाइएको दाबी गर्छन् । विगतका अनुसन्धानलाई पनि परीक्षण गर्दै थप अनुसन्धान गरिरहेको उनको भनाइ छ । निष्पक्ष अनुसन्धानबाट वास्तविक अपराधी पत्ता लगाई कानुनको डण्डा लगाए मात्र निर्मलाको आत्माको शान्ति र परिवारको घाउमा मल्हम लाग्नेछ ।

सम्बन्धित खवर