न्याय माग्दा माग्दै ४ दिन बित्यो, गाँउमा चिता तयार अनिशको शव धरान (भिडियो सहित) - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

न्याय माग्दा माग्दै ४ दिन बित्यो, गाँउमा चिता तयार अनिशको शव धरान (भिडियो सहित)

साइनो समचारदाता पथरी/ ५ गते आईतबार रातको करिव ११ बजे घरबाट सार्थीहरुले लिएर गएका अनिस कार्कीको ४ दिन पछि मृत अवस्थामा फेला परेका थिए । बुधबार दिनको २ बजे बक्रा र नुनसरी खोलाको बगरमा कार्कीको शव निबस्त्र अवस्थामा फेला परेको थियो । बिबादका कारण पोष्टमाटम गर्न मोरङको मंगलबारे अस्पतालमा राखेको शवको पोष्टमाटम हुन सकेन । डाक्टरले जटिल केश भएको भन्दै पोष्टमाटम गर्न नमाने पछि पुर्ण अस्पतालमा तनाव सृजना भयो । अन्यत्य त ४ दिन पछि आज पोष्टमाटमको लागि धरान स्थित बि पि स्वास्थ बिज्ञान प्रतिस्ठान धरान लगिएको छ ।

१८ बर्षीय कार्की सानै देखि मिक्लाजुङ ९ मधुल्ला चौकमा मामल बस्दैआएका थिए भने फागुनमा बिबाह गरि नजिकै श्रीमतीका साथ डेरा बस्दै आएका थिए । कार्कीलाई साथी संदिप नेपाली र विशाल ऋसिदेवले रातको १० बजे लगेको मृतककी श्रीमती बताउछिन । भोलि पल्ट श्रीमान नआए पछि संदिप नेपालीलाई सोध्दा काठमाडौ गएको भन्दै ढाटेर आफ्नो मोवाई समेत नेपालीले लगेको उनको श्रिमती बताउछीन ।

शव झट हेर्दा खोलाले बगाएको नभएर कसैले कुटेर मारेको हुन सक्ने मृतकका दाई बताउछन ।
शरिर भरि निल डाम भएको, टाउकोमा गहिरो चोट र निवस्त्र अवस्थामा खोलामा माछा मार्नेले भेटेको आमाले बताईन । घरबाट हराएको ४ दिन पछि खोलामा भेटिएको शवमा कहि कतै बालुवा र माटो लागेको छैन । परिवारलाई साथी मार्थी संका लागे पछि प्रहरीमा जाहेरी दिदा प्रहरीले मरेको भन्दै जाहेरी लिन नमानेको आमा र स्थानिय बताउछन ।

खोलाको बगरमा लाश भेटिएकाले थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरिक्षक राम तिम्सीनाले बताए । घटना केहि संकास्पद संकेत भएकाले अनुसन्धान भएको र आजै पोष्टमाटम गरिने रिपोट आए पछि थप अगाडी बस्ने तिम्सीनाले बताए ।

कार्कीलाई लेर जाने विशाल ऋसिदेव भने हाल सम्म फेला परेका छैन्न भने संदिप नेपालीलाई प्रहरीले बाईकमा भाग्दै गर्दा समातेको स्थानीयको भनाई छ । यता पोष्टमाटमका लागी मंगलबारे अस्पतालमा राखिएको शव भने डाक्डरले हेरेर पोष्टमाटम गर्न नमाने पछि तनाव सृजना भएको छ ।

डाक्डरले शवमा केमिकल लगाएर कपाल खौरेको र चिरफार गर्ने भन्दै भित्र परेको र नसक्ने भनेर बि पि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा लानु भन्दै पन्छीएको मृतकका काका मान बहादुर कार्की बताउछन ।

सबै थोकको तयारी गरे पछि कपाल समेत खैरिएको शवमा कसैको एक कल फोनमा पोष्टमाटम नगरेको आमाले बताईन । यता शवको दाहसस्कारको लागी चिता बनाएको र सबै तयारी भएको आमाले बताईन ।

शव पोष्टमाटम गर्ने डाक्डर एलिजा तन्डुकारका अनुसार कुनै दवावका कारण नभएर विशेषज्ञ डाक्डर नभएको त्यसमा पनि शव अलिक जटिल भएकाले धरान रेफर गरेको बताईन ।

सोहि अस्पतालको अर्का डाक्डर योगेस मण्डलका अनुसार आफुहरु एम बि बि एस मात्र भएको भन्दै आफ्नो नलेजले सक्ने मात्र गर्ने त्यो भन्दा माथीको केश भएकाले रेफर गर्नु पने हुन्छ त्यसैले रेफर गरेको बताए ।

सम्बन्धित खवर