इन्जिनियर अरुण क्षेत्रीको प्रतिवेदन अख्तियारमा, अख्तियार मैन - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

इन्जिनियर अरुण क्षेत्रीको प्रतिवेदन अख्तियारमा, अख्तियार मैन

इन्जिनियर अरुण क्षेत्रीको प्रतिवेदन अख्तियारमा, अख्तियार मैन

जतिखेर इन्जिनियर क्षेत्रिले महिनाको ढेड लाख सम्म आर्जन गर्ने उनकै कन्सल्टेन्सीमा महिनावारी तलब खाएर काम गर्ने विजय धिमालले बताएका थिए । “ढिलो मात्र भएको हो, उति खेरपनि सेवा ग्राहीमा उतिकै समस्या आएको थियो” धिमाल बताउँछन् ।

https://www.youtube.com/watch?v=fcp4ficEsL0&t=12s

साइनो समचारदाता पथरी/  पथरीशनिश्चरे नगरपालिकाका आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरेलाई लागेको आरोप प्रति सत्यतथ्य छानविन समिती गठन भएको ७ महिना बित्दापनि छानविन समितिको प्रतिबेदन सार्वजनिक भएको छैन । आर्किटेक इन्जिनियर क्षेत्री बिरुद्ध २०७५ मंसिर २५ गते सेवाग्राहिले काममा ढिलाई, सेवाग्राहीको घरनक्सा पासको धरैती फिर्ता गर्न आलटाल र विभिन्न कन्सल्टेन्सी मार्फतको काममा ठिलासुस्ती गरेको भन्दै पत्रकार संमेलन गरेका थिए । इन्जिनियर क्षेत्रिले कार्यलयमा आफ्नो कर्मचारी राख्दै सेवाग्राही र कन्सल्टेन्सीलाई दुख दिएको भन्दै छानबिन गरि कारवाहिगरि पाउँ भनि हस्ताक्षर सहित नगर प्रमुखलाई उजुरी नै गरेका थिए ।

बिबादित बनेका क्षेत्रिको विषयमा नगरले तत्कालै छानविन समिती बनाई एक हप्तामा प्रतिबेदन पेस गर्ने निदेशन गरेको थियो । नगर प्रबक्ता तथा वडा नं. २ का वडाध्यक्ष यम प्रसाद गुरगाई, १ का वडाध्यक्ष बाबुराम एङदेन, ४ का वडाध्यक्ष गोबिन्द भण्डारी र ८ का वडाध्यक्ष बाबुराम दाहाल सहितको समितीले समय नपुगेको भन्दै ३ पटक समय थप गरि माघ १७ गते नगर प्रमुख दिलिप कुमार राईलाई प्रतिबेदन बुझाएको नगर प्रबक्ता याम प्रसाद गुरगाई बताए ।

समिती म्याद थप्दै बुझाएको प्रतिबेदन सार्वजनिक नगरी आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरेलाई नगरले जोगाउर्दै आएको छ । संचार माध्यममा पटक पटक क्षेत्रिको बिषयमा समचार आए पनि छानबिन समिती बनाउने अनि प्रतिबेदन थन्काएर नगरले जनताको आँखामा छारो हाल्न खोजेको ७ महिना सम्म नखोलिएको प्रतिबेदनले सार्वजनिक गर्छ ।
छानबिन समिती बने पनि आर्किटेक इन्जिनियर क्षेत्री प्रतिबेदन नबुझाए सम्म नगरको काम गरि रहे । आर्किटेक इन्जिनियरको गतिविधिलाई छानविन हेर्ने हो भने इन्जिनियरको कार्यकक्षमा भएको सिसिटिभिको फुटेज, कुन घर कुन इन्जिनियरले नक्सा कोरेको, उनि नियुक्ती भए पछिका कुन कन्सल्टेन्सी द्धारा सिफारि भएको र हाल १ नम्वर वडामा निमाण भएका घरहरु मापदण्ड समत छ छैन भन्ने कुराले प्रस्ट दर्साउछ ।

नगरको आर्किटेक इन्जिनियर भएर इन्जिनियर क्षेत्रिले अफिस नै राखेर कन्सल्टेन्सी संचालन गरेका र त्यस पछि झोलामा काम गर्ने गरेको पत्रकार सम्मेलनमा आरोप लागेको थियो । जतिखेर इन्जिनियर क्षेत्रिले महिनाको ढेड लाख सम्म आर्जन गर्ने उनकै कन्सल्टेन्सीमा महिनावारी तलब खाएर काम गर्ने विजय धिमालले बताएका थिए । “ढिलो मात्र भएको हो, उति खेरपनि सेवा ग्राहीमा उतिकै समस्या आएको थियो” धिमाल बताउँछन् ।

क्षेत्रिको विषयमा प्रतिबेदन आएको र उक्त प्रतिबेदन अक्तीयारले माग गरे पछि अख्तियारलाई पठाएको हालका नगरपालिकाका प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमलाले बताए । धमलाले भने अक्तीयारमा परे पछि अख्तियारले जे गछा नगरको निर्णनय त्यहि हुने बताए ।
उक्त समयका नगरपालिकाका प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले छानविन समितिले ल्याएको निर्णय नै अन्तिम हुने बताउर्दै आएका थिए । नगरको कर्मचारी गलत भए कार्यबाही गरिने छ । यदि कल्सेन्टेन्सीहरु गलत भए कालो सुचिमा राखिने उनले बताए ।
यता पिडित कन्सल्टेन्सीहरुले नगरपालिकामा प्रमुख दिलिप कुमार राई र न्यायिक समितीमा उप प्रमुख यमुना बिष्ट बास्तोलालाई समेत निबेदन दिएका थिए ।
सो विषयमा छानविन समितीले ल्याएको प्रतिबेदनले केहि नबोलेको र पत्रकार सम्मेलनमा बोल्ने पडित सेवाग्राहीलाई ल्याउन कन्सल्टेन्सीलाई भन्दा नआएकाले प्रतिबेदन सार्वजनिक गर्नुको औचित्य नरहेको नगर प्रमुख दिलिप कुमार राईले बताए । नगर प्रमुख राईले भने उक्त विषयमा अख्तियारको समेत चासो रहेको र प्रतिबेदन बुझेपछि अख्तियार मैन बसेकाले केहि निर्णनय अघि नबढेको बताए ।


क्षेत्रिको कार्यसैली बिरुद्ध नगरका सबै कर्मचारीले पेन डाउन समेत गरेका थिए । एल जि सि डी मार्फत पथरीशनिश्चरे नगरमा जागिर खाएका क्षेत्रिको कार्यअवधी सकिए पछि नगरले जागिर नथपे पछि जागिर छोड्नु परेको थियो । जनप्रतिनिधी आए पछि उनि पुर्ण जागिरमा आए तर उनको कार्यसैली ठिक नभएको भन्दै कल्सेन्टेन्सीहरुले प्रसासनीक कार्यकारी अधिकृत पुरुश्वतम घिमिरेले र प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमलाई दुई पटक नगरमा निबेदन दिइसकेका छन । तर नगर भने उक्त विषयमा आधिकारीक प्रमाणहरु नभएको भन्दै पन्छीने गरेको छ । जस्ले गर्दा आरोप लागेका क्षेत्रि दोसि हुन वा निर्दोश हुन सफाई भएको छैन् ।

सम्बन्धित खवर