गरिव २ परिवारलाई नेपाल तरुण दलको सहयोग - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

गरिव २ परिवारलाई नेपाल तरुण दलको सहयोग

साइनो समचारदाता पथरी / नेपाल तरुण दल पथरिशनिश्चरे नगर कार्यसमितीले २ निम्न आर्थिक अवस्था कम्जोर भएका परिवारलाई सहयोग गरेको छ । नगर सभापती सन्तोष कटुवाल र क्षेत्रिय सचिव पर्शु गुरुङको संयोजकमा “दुखमा तरुण सुखमा तरुण” भन्ने नाराका साथ रोगका कारण ज्यान गुमाएका वाड न. ४ का प्रेम अधिकारिको परिवारका सहयोग गरेको नगर सभापती सन्तोष कटुवालले बताए ।


तरुण दलले सहयोग स्वरुप अधिकारीको बाल बच्चालाई पढाई सहयोग होस भन्दै नगद ५ हजार, ५ बोरा चामल, स्टेस्नरी लगायत खाद्यन्नको सहयोग गरेको हो । त्यस्तै तरुण दलले केहि दिन अघि टिभी रोगबाट मृत्यू भएका वाड न. २ का मनोज बिस्वकर्माको घरमा समेत १० हजार बरावरको खाद्यन्न सहयोग गरेको क्षेत्रिय सचिव पर्शु गुरुङले बताए ।
तरुणको “दुखमा तरुण सुखमा तरुण” अभियानमा क्षेत्रिय सभापति गनेश खडका, महादिबेशन प्रतिनिधी नगेन्द्र लिम्बु, पथरीशनिश्चरे नगरपालिका १० का वडाध्यक्ष सागर थुलुङले साथ दिनु भएको थियो ।

सम्बन्धित खवर