पाँग्रेभीरमा पहिरो अझै पन्छिएन - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

पाँग्रेभीरमा पहिरो अझै पन्छिएन

साइनो समचारदाता

पान्थर । जिल्लाको फाल्गुनन्द गाउँपालिका ३ गुम्वाडाँडा नजिकै रहेको पाँग्रेभीरमा गएको पहिरो अझै पन्छाइ सकेको छैन् । पहिरो झर्ने क्रम केही रोकिएकाले शुक्रबार साँझदेखि पन्छाउने काम सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका इन्चार्ज जनक तिम्सिनाले बताए ।

प्रदेश १ कै मूख्य लोकमार्ग भित्र पर्ने मेची राजमार्ग पुरै बन्द भएको छ । बन्दबाट प्रभावित यात्रुलाई भने आधा घन्टा हिंडाएर गन्तब्यतर्फ पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन लामो समय लाग्ने बताइएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति नेरन्द्र केरुङले गुम्वाडाँडा–पद्मकन्या आवि पौवा–निवुखोला–राँके ट्रयाक खुलिसकेको वाटोलाई वैकल्पिक मार्ग प्रयोग गर्नको लागि कार्य प्रारम्भ गरिएको बताएका छन् । उनले बैकल्पिक बाटोको व्यवस्थापन सडक डिभिजन कार्यालयले गरिरहेको जनाए । आर्थिक मामिला तथा योजना मन्त्री मौसम आङ्बोले भोलिबाट बैकल्पिक राजमार्ग खोल्ने गरी काम थालिएको जनाएका छन् ।

सो घट्ना घटे पछि जिल्ला विपद व्यवस्थापन समितिको वैठक सुक्रबार बस्यो । जिल्ला बिपद ब्यापस्थापन समितिको बसेको बैठकले जिल्लामा उपलब्ध साधन श्रोतले मेची राजमार्ग पाङ्रे भिर खण्डको बाटो खोल्न असम्भब प्राय भएकाले गृह मन्त्रालय मार्फत् सघीय सरकारलाई अनुरोध गर्ने र तत्कालै बैकल्पिक मार्ग निर्माणका लागि अर्थ मामिला तथा योजना मन्त्रालय मार्फत् प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठक पछि सबिधान सभाका सदस्य, प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय प्रमुख , प्रमुख राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, इलाम डिभिजन सडक, पूर्वधार कार्यालय फिदिम, यान्त्रिक कार्यालय फिदिमका प्राबिधिकहरु समेतको टोलीले प्रभावित क्षेत्रको अवलोकन गरेको छ ।

सम्बन्धित खवर