लोक सेवाको प्रश्न पत्र च्याते - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

लोक सेवाको प्रश्न पत्र च्याते

साइनो समचारदाता

खोटाङ । नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव तथा समाजवादी पार्टीका युवा नेता रविन खम्बू नेतृत्वको आरक्षण पक्षधर आन्दोलनकारीहरुले शनिबार खोटाङको दिक्तेलमा लोकसेवा आयोगको परीक्षाको प्रश्नपत्र च्यातेका छन् ।

प्रश्नपत्र च्याते लगत्तै खम्बू नेतृत्वको ४ जना आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खम्बुका साथै जनजाति महासंघ खोटाङका सहसचिव एलबी मगर, दलित विकास मञ्च खोटाङका मिलन चाहार र सविना अच्छामी छन् । दिक्तेल बहुमुखी क्याम्पसमा परीक्षा सुरु हुनासाथ खम्बू नेतृत्वका आन्दोलनकारीहरुले परीक्षा हलभित्र प्रवेश गरी प्रश्नपत्र च्यातेका हुन् । पक्राउ गरिएका चारै जनालाई तत्काल रिहा गर्न आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले माग गरेका छन् । लोकसेवा आयोगले असंवैधानिक तरिकाले विज्ञापन गरेको भन्दै सो खारेज हुनुपर्ने मागसहित आरक्षण बचाऔ आन्दोलनले आन्दोलन गरिरहेका छन् ।

सम्बन्धित खवर