गणेशमान सिंह पुरस्कार हरियालीलाई, पुरस्कार पाए पछि पत्रकार सम्मेलन - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

गणेशमान सिंह पुरस्कार हरियालीलाई, पुरस्कार पाए पछि पत्रकार सम्मेलन

साइनो समचारदाता पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको हारियाली सामुदायिक वन गणेशमान सिंह सामुदायीक वन राष्ट्रिय प्रथम पुरस्कारबाट सम्मानित भएको छ । मुलुकभरका २२ हजार सामुदायिक वन मध्ये हरियालीले वन क्षेत्रमा राम्रो काम गरि उत्कृष्ट पुरस्कार हात पारेको अध्यक्ष काबुल बहादुर मगरले बताए । गणेशकान सिंह पुरस्कार सरकारले दिदै आएको देशकै सबै भन्दा ठुलो पुरस्कार हो जुन पुरस्कारको राशि १ लाख रुपया रहेको छ ।

सरकारी मापदण्डका सबै पक्षमा सबल भए पछि हरियाली सामुदायीक वनले गणेशमान सिंह पुरस्कारबाट पुरस्कृत भएको हो । वन तथा वातारण मन्त्रालय, वन तथा भू—संरक्षण विभागले वन व्यवस्थापन, गरिवी न्युनिकरण र सामाजिक विकासमा उत्कृष्ट काम गरेको भन्दै मुलुकको उत्कृष्ट वन ठहर गर्दै असार ३१ गते काठमाडौंमा पुरस्कृत गरेको थियो ।
पुरस्कार प्राप्त गरे पछि हरियाली सामुदायीक वनले पत्रकार सम्मेलनको आयोजना गरि सुखि साटासाट गरेको छ । २२ हजार सामुदायीक वन मध्ये उत्कृष्ट काम गरेकोले उक्त पुरस्कार प्रप्त गरेको अध्यक्ष काबुल मगरले बताए । सामुदायिक वनमा भएको वन संरक्षण, व्यवस्थापन, पारदर्शीता, शुसासन, लेखा परीक्षण, वन पैदावरको सदुपयोग लगायतको विषयमा परीक्षण गरेर उक्त पुरस्कार वितरण भएको अध्यक्ष मगर भनाई छ ।
आफूले नेतृत्व गरेको वनको क्षेत्रफल २४५.९४ हेक्टर जग्गाको वन वि.सं. २०७१ पुस महिनामा हस्तान्तरण भएर लगातार वनको हेरचाह र प्रवद्र्धनमा लागिरहेको जानकारी गराउँदै पुरस्कार पाएकोमा कामको मुल्यांकन हुँदो रहेछ भन्ने प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित खवर